सर्लाही । सर्लाहीको मलंगवा क्षेत्रको टावर चौकस्थित सशस्त्र प्रहरीकै उपस्थितिमा तस्करीको संजाल खुलेआम संचालन भइरहेको छ । स्रोतका अनुसार डिएसपी सुमन ढुंगानाको सिधा निर्देशनमा तस्करीका मार्गहरू खुला गरिएको छ, जसमा कपडा, किराना, माछा, काजु–किसमिस र हार्डवेयरका सामानहरू प्रमुख छन् ।
विश्वस्त स्रोतका अनुसार डिएसपी ढुंगाना तस्करीमा संलग्न व्यापारीहरूसँग ‘लाइन’ मिलाएर तस्करी सहज बनाइरहेका छन् । यसै कारण टावर चौक क्षेत्र तस्करीको ट्रान्जिट प्वाइन्टमा परिणत भएको छ ।
ढुंगानाको व्यवहार र नेतृत्वशैलीप्रति पनि गम्भीर प्रश्न उठेको छ । उनी स्वयंले आफू ‘पावर र पहुँचवाला’ भएको दाबी गर्दै कोही केही गर्न नसक्ने घमण्डका साथ हिँड्ने गरेको आरोप छ ।
यो सन्दर्भमा, वैशाख २९ गते मलङ्वा भन्सार कार्यालयको परिसरमा घटेको एक विवादास्पद घटनाले सशस्त्र प्रहरी बलको आन्तरिक अनुशासन र नेतृत्व शैलीप्रति प्रश्न उठाएको छ । सिभिल पोशाकमै रहेका डिएसपी ढुंगानाले ड्युटीमा खटिएका आफ्नै मातहत सशस्त्र प्रहरी सहायक हवल्दार उदव चौलागाईंलाई सार्वजनिक स्थानमै बुटले प्रहार गरेका थिए ।
पीडित हवल्दार चौलागाईंले आफूले कुनै गल्ती नगरेको भए पनि सार्वजनिक स्थानमै अपमानित हुनुपरेको गुनासो गरेका छन् । तर घटनाको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित–प्रसारित भइसके पनि हालसम्म डिएसपी ढुंगानाविरुद्ध कुनै छानबिन वा कारबाही नहुनुले सुरक्षा प्रणालीको निष्पक्षता र माथिल्लो तहको भूमिकामाथि प्रश्न उब्जाएको छ ।
यो घटनाले प्रहरी संगठनभित्रको आन्तरिक संरचना, अनुशासनहीनता र सत्ता संरक्षणको सञ्जालमाथि गम्भीर प्रश्न उठाइदिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend