Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गभर्नर नियुक्ति पेचिलो बन्दै, प्रधानमन्त्री भेट्न देउवा बालुवाटार गएनन्


    सोमबार, जेष्ठ ५ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमबार साँझ ६ बजे बोलाइएको मन्त्रिपरिषद बैठकमा नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्ति हुने अनुमान सबैले गरेका थिए । तर सोमबार अपराह्न मन्त्रिपरिषद बैठक स्थगित भएको समाचार सार्वजनिक भयो । गभर्नर नियुक्ति सोमबार पनि हुन सकेन ।

    मन्त्रिपरिषद बैठक स्थगित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भनिएको थियो । तर सभापति देउवा नै प्रधानमन्त्रीसँग भेट्न बालुवाटार नै नगएपछि वार्ता पनि हुन सकेन ।

    कांग्रेसले डा. विश्व पौडेललाई गभर्नरमा प्रस्ताव गरेकाले उनको नियुक्ति हुने निश्चित जस्तै मानिएको थियो । तर गभर्नर सिफारिस समितिले सिफारिस नै नगरेकाले मन्त्रिपरिषद बैठक पनि बस्न नसकेको बताइएको छ । सर्वोच्च अदालतको रिटका कारण रोकिएको बालुवाटार स्रोतको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार