काठमाडौं । नेकपा (एमाले) सिन्धुपाल्चोकका अध्यक्ष र जिल्ला इञ्चार्जको असक्षमताका कारण जिल्ला अधिवेशन सम्पन्न भएको ८ महिना बितिसक्दा पनि केही काम गर्न नसक्दा एमालेका कार्यकर्ताहरु निराश भएका छन् ।
जिल्ला अधिवेशन सम्पन्न भएको आठ महिनामा हालसम्म जम्मा तीन पटक मात्रै जिल्ला कमिटीको बैठक बसेको छ । जिल्ला कमिटीको बैठक बसे पनि कुनै विभाग र सचिवालयसमेत गठन नगर्दा जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ र जिल्ला इञ्चार्ज सरेश नेपालको नैतिकतामाथि प्रश्न खडा भएको छ ।
जिल्ला अधिवेशन भएको लामो समयसम्म पनि कुनै काम गर्न नसकेका अध्यक्ष र जिल्ला इञ्चार्जले नैतिकता देखाएर पदबाटै राजीनामा दिनुपर्ने एमालेका नेता कार्यकर्ताहरुले बताउन थालेका छन् ।
विभाग र सचिवालय गठन गर्नुको सट्टा जिल्ला अध्यक्ष श्रेष्ठ र इञ्चार्ज नेपालले हुकुमी शासन देखाउँदै विधि र विधानविपरीत जिल्ला अधिवेशनमा चुनाव हारेकाहरुलाई मनोनीत गर्न लागेका छन् । जिल्ला अधिवेशनमा पराजीत विजयकृष्ण श्रेष्ठ, शोभा कार्की र विष्णुमणि आचार्यलाई जिल्ला कमिटीमा मनोनीत गरेर सचिवालयमा ल्याउने गृहकार्यमा अध्यक्ष र इञ्चार्ज लागेको जिल्ला कमिटीका एक पदाधिकारीले जानकारी दिए ।
जिल्ला अधिवेशनमा आम कार्यकर्ताहरुले आफ्नो मतमार्फत् विजय गराएकाहरुलाई कुनै जिम्मेवारी नदिने बरु कार्यकर्ताहरुले मतमार्फत् तिरस्कार गरेकाहरुलाई मनोनीत गर्ने अध्यक्ष र इञ्चार्जले के गर्न खोजेका हुन् ? ती पदाधिकारीले प्रश्न गरे । हामी कुनै हालतमा पनि निर्वाचनमा पराजय भएकाहरुलाई मनोनीत गरेर ल्याउने र सचिवालयमा ल्याउने अध्यक्ष र इञ्चार्जको योजना सफल हुन दिंदैनौं । उनले भने–‘पार्टीलाई बिधि र विधानसम्म्त सञ्चालन गर्नुपर्छ ।’
नेकपा (एमाले) सिन्धुपाल्चोकलाई एकढिक्का बनाएर मिसन ०८४ पूरा गर्नुपर्नेमा जिल्ला अध्यक्ष होमनारयण श्रेष्ठ र जिल्ला इञ्चार्ज सरेश नेपाल पार्टीभित्रका इमान्दार कार्यकर्ताहरुलाई विभिन्न आरोप लगाउँदै कारबाहीको डण्डा बर्साउन लागेको एमाले नेताहरुको भनाइ छ । कहिले काँग्रेसलाई जिताउने, आफ्नै उमेदवारलाई ३२ भोटले हराउने यस्ता इञ्चार्जले इमान्दार कार्यकर्ताहरुलाई टिक्न दिइरहेका छैनन्, एमाले वागमती प्रदेश कमिटीका एक सदस्यले भने ।
प्रदेश कमिटीका लाई निम्ता छैन, कुनै जिम्मेवारी मा नभएका लाई बैठकमा
जिल्ला कमिटीको बैठकमा विधानतः माथिल्लो कमिटीका नेताहरु, जिल्ला कमिटीका सदस्यहरुमात्रै बस्न पाउने व्यवस्था भएपनि प्रत्येक बैठकमा कुनै पनि कमिटीमा नभएकाहरुलाई भने बस्नमात्रै होइन बोल्न समेत दिएर अध्यक्ष श्रेष्ठ र इञ्चार्ज नेपालले एमालेको बिधिको नै खिल्ली उडाएका छन् ।
जिल्ला कमिटीको सदस्य नभएका डीबी लामा, शशिनाथ आचार्य, शोभा कार्कीलाई जिल्ला कमिटीको बैठकमा राखिएको थियो भने बागमती प्रदेशमा सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई भने अध्यक्ष र इञ्चार्जनिकटका अशोक चौलागाई लगायतलाई मात्रै बोलाइएको थियो । आफूहरुलाई बैठकमा नबोलाएको वागमती प्रदेश सदस्य निमफुञ्जो शेर्पाले जानकारी दिए ।
बाह्रविसेमा नक्कली सदस्य थप्दा लफडा
बाह्रविसे नगरपालिकामा पार्टीभित्र आफ्नो बहुमत पु¥याउने उद्देश्यले गाउँमा नै नभएकाहरुको समेत नक्कली नाम बनाएर संगठीत सदस्यका लागि सिफारिस गरेपछि विवाद सुरु भएको छ ।
अध्यक्ष र इञ्चार्ज निकटका डीबी लामा लगायतको सल्लाहामा हँुदै नभएका मान्छेको नाम राखेर संगठित सदस्यका लागि सिफारिस गरिएको छ । बाह्रबिसे नगरपालिका–३ मा २५० भन्दा बढी नाम थपिएको छ, जबकि उक्त वडामा एमालेको पक्षमा ३ सय मत पनि आउँदैन । ७ नम्बर वडामा पनि १ सय ८० भन्दा बढी नक्कली नाम थपिएको छ । वडा नम्बर ८ का पार्टी अध्यक्षले संगठित सदस्यको आवेदन र पैसासहित पार्टी कार्यालयमा बुझाएपनि हालसम्म सदस्यता स्वीकृत भएको छैन ।
कात्तिक २ गतेभित्र नगरपालिका कमिटीको बैठक बस्ने भनेर निर्णय भएपछि फर्जी नाम राखेर संगठीत सदस्यताको आवेदन दिइएको बाह्रविसे नगरपालिकाका एक पदाधिकारीले जानकारी दिए । बिधानतः अधिवेशनको मिति तोकेपछि सदस्यता स्वीकृत गर्न पाइँदैन तर अध्यक्ष श्रेष्ठ र इञ्चार्ज नेपालको मिलेमतोमा डीबी लामा लगायतलाई खुसी पार्न र आफ्नो पकड देखाउनका लागि नक्कली नाम राखेर संगठित सदस्य भरेको ती पदाधिकारीले जानकारी दिए ।
भूगोलमा छैन नाम, नेताको अगाडि देखाउने काम
बागमती प्रदेश र जिल्ला कमिटीका अधिकाश सदस्यहरु भूगोलमा होइन नेताको घर दैलोमा मात्रै भेटिने गरेका छन् । बैठक हुँदा हुल बाँधेर पिकनिक आएको जस्तो गरेर आउने र अरु बेला नेताकै घर दैलोमा पुग्ने, नेताहरुको बारेमा नकारात्मक कुरा लगाउने लगायतका गतिविधिमा मात्रै एमालेका नेताहरु सीमित हुँदा एमाले सिन्धुपाल्चोकको संगठन क्रम ध्वस्त हुँदै गएको छ ।
अन्य पार्टीहरुसँग लड्नुपर्नेमा आफ्नै नेताहरुको बदख्वाइँ गर्नमात्रै नेताहरुको दैलोमा जाने गरेका छन् । अशोक चौलागाई, हस्त पण्डित, बालकृष्ण देउजा, डीबी लामा, सरेश नेपाल, होमनारयण श्रेष्ठ लगायतका अराजक नेताहरुको समूह एमालेका केन्द्रीय नेताहरुको दैलोमा बिहानै पुगेर इमान्दार नेताहरुको पक्षमा लगातार विषवमन गर्ने गरेको एमाले नेताहरुले गुनासो गरेका छन् ।
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend