काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको ४ महिना पुग्दैछ । ४ महिना नपुग्दै प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद पुनर्गठनको तयारी गरेका छन् । कार्यसम्पादन क्षमता देखाउन नसकेकाले एमालेका केही मन्त्रीहरुलाई पदमुक्त गर्ने तयारीमा प्रधानमन्त्री रहेको एमालेकै एक स्थायी समिति सदस्यले बताएका छन् । उनले भने–‘चार जना मन्त्रीलाई पदमुक्त गर्ने र केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ ।’
सरुवामा खुलेआम आर्थिक लेनेदन गरेको ब्यापक गुनासो आएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई पदमुक्त गर्ने सूचीमा रहेको बालुवाटार स्रोत बताउँछ ।
स्रोतका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि पदमुक्त हुने सूचीमा रहेका छन् । बाढीपहिरो जाँदा सडक खुलाउनेदेखि सडकका खाल्डाखुल्डीको मर्मत गर्ने कुरामा नेतृत्व क्षमता देखाउन नसकेकोमा भौतिक पूर्वाधार मन्त्री पनि पदमुक्त हुने सूचीमा परेका हुन् ।
तीन महिनापछि थप एक महिनाको समय कार्यक्षमता देखाउन प्रधानमन्त्री ओलीले मौका दिएका थिए । तर देखाउन नसकेपछि चार मन्त्रीलाई पदमुक्त गर्ने निष्कर्षमा ओली पुगेका हुन् ।
अघिल्लो एमाले–माओवादी सरकारमा मन्त्री रहेकाले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी पनि पदमुक्त हुने स्रोत बताउँछ । भूमिब्यवस्था मन्त्री अधिकारी अघिल्लो एमाले–माओवादी सरकारमा पनि सोही मन्त्रालयमा थिए । प्रचण्ड सरकारमा मन्त्री रहेका पदम गिरी, राजेन्द्र राई, भगवती चौधरी, हरि उप्रेती, ज्वालाकुमारी साहहरु नदोहोरिए पनि उद्योगमन्त्री दामोदर भण्डारी र भूमिब्यवस्था मन्त्री बलराम अधिकारीलाई भने प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा पनि पुनः सोही मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend