काठमाडौं । सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बल र नेपाल प्रहरी इन्चार्जहरुकै मिलेमतोमा बाराको बरैनियाको बलिरामपुर, मटिअर्वा र बरियारपुरबाट खुलेआम तस्करी भइरहेको छ । चिनीदेखि सुपारी र गाँजासम्म यी नाकाबाट सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीकै संरक्षणमा तस्करी भइरहेको छ ।
सशस्त्रको प्रस्तावित मटिअर्वा गुल्मका गुल्मपति डीएसपी बिन्दुर भट्टराई र बरैनिया बीओपीका इन्चार्ज लक्ष्मण जोशीको सेटिङमा बाराबाट खुलेआम तस्करी भइरहेको छ । सशस्त्रको जोधपुरमा बेसका सशस्त्र प्रहरी नायब निरीक्षकलाई समेत मिलाएर तस्करी हुने गरेको छ ।
मटिअर्वा क्षेत्रबाट मुख्यरुपमा भन्सारछलीका सामान भित्र्याउनेमा पर्दछन् वीरेन्द्र साह । उनले सुपारी, चिनी, काजु, किरानाका सामान भित्र्याउने गरेका छन् । उनले १० वटा मोटरसाइकलमा दैनिक दसौं पटक तस्करीका सामान भारतबाट नेपाल र नेपालबाट भारत ओसार्ने गरेका छन् । १० वटा मोटरसाइकलमा सीमावारी ल्याएर गोदाम गरी मुख्य सहरमा पठाउने गरेका छन् ।
पहिला भारतबाट भैंसी ल्याउने बलिरामपुरका सुरेन्द्रले पछिल्ला दिनमा मटिअर्वा क्षेत्रबाट कपडा, चिनी, प्याज ल्याउने गरेका छन् । उनले तस्करीको सामान धर्मनगरबाट पीकअपमा लोड गरी अन्यत्र पठाउने गरेका छन् । अर्का ब्यापारी मनानले कपडाको ठूलो कारोबार गर्ने गर्दछन् । मनानले अटो र टेम्पुमा भन्सारछलीका सामान भित्र्याउने गरेका छन् ।
बरैनिया बीओपी अन्तर्गतको बलिरामपुरनाकाबाट कपडाका ठूला कारोबारी खेना र मिश्रीलाल जस्ता ब्यापारीले भन्सारछलीका सामान भित्र्याउने लाइन सशस्त्र प्रहरीबाट पाएका छन् । सीमा सुरक्षाका लागि राखिएको सशस्त्रको बरैनिया बीओपीका इन्चार्ज लक्ष्मण जोशीले नै मासिक दररेट तोकेर तस्करीको लाइन दिएका छन् । तस्करहरुले भारतको रक्सौल अहिर्वाटोलबाट तस्करीको सामान बाराको बलिरामपुर ल्याउने । नजिकै रहेको पर्साको इनर्वाटोलमा पुर्याउने गरेका छन् । पछिल्ला दिनमा बलिरामपुरबाट ठूलो परिमाणमा तस्करीका सामान ल्याउने र पर्सातर्फ लाने कार्य हुँदैआएको छ ।

बलिरामपुरबाट तस्करीको सामान पर्सामा लगीत्यहाँबाट बाराको कोल्वी, बरियारपुर, कलैया, निजगढ, हेटौंडा, नारायणगढसम्म पुर्याउने गरेका छन् । बरैनियाको मुसहर्वास्थित बलिरामपुुर नाकाबाट सामान भित्र्याउने मूख्य नाइके खेना र मिश्रीलालसहित ११ ब्यापारी रहेका छन् । सशस्त्र र प्रहरी मिलाउने नाइके भने खेना र मिश्रीलाल भएको स्रोत बताउँछ ।
बरैनिया बीओपीका इन्चार्ज लक्ष्मण जोशी यसअघि पनि बाराको मटिअर्वामा काम गरिसकेकाले उनीसँग ब्यापारीहरुको कनेक्सन रहेको थियो । यसअघि नै मटिअर्वामा काम गरिसकेका जोशीले सशस्त्र प्रहरीका शक्तिशाली एसएसपी दीपेन्द्र कुँवरमार्फत् भनसुन गराएर बरैनिया बीओपीमा सरुवा भएका थिए । बाराको बिश्रामपुरमा रहेको बरैनियाँ बीओपी बीरगंज भन्सार नाकाबाट नजिकै पर्दछ ।
बीरगंंज भन्सारको नजिक भएकाले पनि उक्त नाकामा जान सशस्त्रभित्र निकै प्रतिस्पर्धा हुने गरेको छ । पेट्रोल पम्पमा काम गरेका जोशी बिहानैदेखि सोमरसमा झुल हुने गरेको गुनासोपछि आईजीपी राजु अर्यालले सरुवा गरेका थिए । सशस्त्रमा इन्स्पेक्टरका लागि कुवेतकै रुपमा लिइने पेट्रोल पम्पबाट सरुवा भएपछि उनी कमाइ हुने ठाउँको खोजीमा बरैनिया पुगेका हुन् ।
नेपाल प्रहरीमा पनि सेटिङ, डीआईजी गुमराहमा
प्रहरी चौकी बरियारपुर, मटिअर्वा चौकी, बरैनियाको मुसहर्वा चौकीबाट खुलेआम भइरहेको तस्करीमा नेपाल प्रहरीले पनि आँखा चिम्लिने गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका एसपी महेन्द्र खड्काको नाममा समेत तस्करहरुबाट मासिक दररेट बुझ्ने गरेका छन् । अघिल्ला एसपी सुरेश काफलेलाई ७ महिनामै तानेर आईजीपी बसन्तबहादु्र कुँवरले खटाएका खड्काले पछिल्ला दिनमा तस्करी रोक्न नसकेको आरोप छ ।
स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय बाराको क्राइम हेर्ने सई विनोद काफ्ले र रोशन अधिकारीले सीमा प्रहरी चौकीबाट असुली गर्दैआएका छन् । मुसहर्वा प्रहरी चौकीका इन्चार्ज रविन्द्र साह र बरियारपुरका मोहन आलेले मासिक दस्तुर बुझाएर तस्करीको लाइन खुलेआम चलाएका छन् । यीबाहेक छतवा, अमलेखगंज नाकाबाट समेत मासिक दस्तुर लिएर तस्करीको लाइन चलाएको आरोप छ । सईहरु काफ्ले र अधिकारी दिनहुँ यी नाकामा पुग्ने र प्रहरी चौकी इन्चार्जहरुसँग दररेट बुझ्नुका अलावा ब्यापारीसँग इन्धन आवश्यक भएको भन्दै थप भाग माग्ने गरेको स्रोत बताउँछ । डीआईजी लालमणि आचार्यको नाममा समेत तस्करहरुबाट उठाएको गुनासो पु्गेपछि उनले खोजीनीति सुरु गरेका छन् ।
यसैबीच, सशस्त्र प्रहरी बलको उजुरी छानबिन तथा अनुगमनका डीएसपी सुदिप रेग्मीले खटाएका घुमुवाका बारेमा नेपालफेस डटकमले समाचार प्रकाशित गरेपछि सहायक हवल्दार सन्तोष यादवलाई सशस्त्र मुख्यालयले चासो देखाएको छ । सशस्त्र प्रहरी मुख्यालयमा बोलाइएपछि उनले आफ्ना काका बारा कांग्रेसका नेता चन्द्रमोहन यादवलाई लिएर काठमाडांंै आएका छन् । काका नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निकट भएकाले आईजीपी राजु अर्याललाई दबाब दिने भन्दै उनी काठमाडौंमा आएका छन् । सशस्त्रभित्र घुमुवा कति पावरफूल छन् भन्ने दृष्टान्त सन्तोष यादव नै हुन् ।
काठमाडौं । देशको सम्पूर्ण ध्यान प्रलयकारी भोटेकोशीको बाढीतर्फ केन्द्रित छ । देशका सबै संयन्त्र बाढी प्रभावितहरुको उद्दार र राहतमा लागेका छन् । गृहमन्त्री सुधन...
काठमाडौं । गएको भदौ १० गतेको प्रलयकारी भोटेकोशी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले २५ लाख १० हजार रुपैयाँबराबरको राहत तथा सुविधा पाउने...
काठमाडौं । नेपाल सरकारले निजामती कर्मचारीको दरबन्दी कटौतीका नामामा जथाभावी गरेको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर बिभाग र मन्त्रालय गरी २...
नुवाकोट । बाढीले त्रिशुलीमाथिको पुल बगाएपछि त्रिशुलीपारीका स्वास्थ्य संस्थामा हैजाविरुद्धको खोप पुर्याउन स्थलमार्ग अवरुद्ध भएपछि ड्रोनमार्फत् खोप पठाइएको छ । २ देखि ८ डिग्री सेल्सियस...
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend