काठमाडौं । पशुपति विकास कोषका सदस्य सचिव मिलनकुमार थापा जलहरी प्रकरणमा डेढ किलो सुन अपचलन प्रकरणमा विशेष अदालतमा सेटिङ गरी सफाइ पाए पनि उनका अरु काण्डमा पनि आयोगले गम्भीर अनुसन्धान गरिरहेको छ ।
सबदाह गर्ने ४ वटा मेसिन खरिद गर्दा तोकिएको मापदण्ड भन्दा कमसल ल्याएको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।
त्यसैगरी, तत्कालीन पर्यटन मन्त्री सुदन किराँतीको कार्यकालमा पार्किङको ठेक्का रद्द गरी नयाँ टेण्डर गरिसकेपछि पुराना ठेकेदारले दायर गरेको मुद्दामा प्रतिउत्तर नलगाएर कोषले गम्भीर भ्रष्टाचार गरेको खुलासा भएको छ । नवीन कोइराला लगायतका बिचौलियाको सेटिङमा अदालतमा मुद्दा दर्ता गरिएको र कोषले प्रतिउत्तर नलगाएको, कानुन ब्यवसायीलाई बहसमा नपठाउनुका साथै कोषकै तलव भत्ता खाने कानुनी सल्लाहकार गणेश केसीले विपक्षमा बोलेपछि एकतर्फी रुपमा कोषको बिपक्षमा फैसला भएको थियो ।
कोषको तलव भत्ता खाएर कोषकै बिपक्षमा रद्द गरिएको पार्किङका ठेकेदारको पक्षमा अदालतमा बहस गर्ने कानुन ब्यवसायी केसीलाई कारबाहीका लागि बार काउन्सिलमा पत्र समेत नलेखिएकाले यसमा कोषका पदाधिकारीकै मिलेमतो रहेको पुष्टि भएको छ ।
पशुपति विकास कोषको पार्किङबाट ठेकेदारले मासिक १५ लाख उठाउने गरेको, अझ कोटीहोम भएको बेला मासिक ३५ लाख रुपैयाँसम्म उठाएको तर कोषले अति कम दरमा ठेक्का दिएकाले पूर्वमन्त्री किराँतीले रद्द गरेका थिए । तर कोषकै मिलेमतोमा रद्द भइसकेको ठेकेदारलाई मुद्दा हाल्न लगाउने, कोषकै कानुन ब्यवसायी केसीले कोषको बिरुद्ध बहस गर्ने गरेपछि एकतर्फी फैसला भएको थियो । पार्किङ ठेक्काको बिषयमा पनि अख्तियारले चासो देखाएको छ ।
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
काठमाडौँ। सरकारले महिला निजामती कर्मचारीलाई महिनावारी/रजश्वला बिदा दिने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा दर्ता गराएको सङ्घीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend