काठमाडौं । देवस्व र शिवस्व खानु हुँदैन भनिन्छ । तर पशुपति विकास कोषका सदस्य सचिव मिलनकुमार थापाले लास जलाउने दाउरादेखि विद्युतीय शवदाह गरिने मेसिन खरिदमा कमिसन मागेर भुक्तानी नै रोकेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको मन्दिरमा सुनको जलहरी जडानमा दायर गरेको मुद्दा जितेर आएपछि सदस्य सचिव थापाले विद्युतीय शबदाह गृह निःशुल्क गर्ने घोषणा गरेका थिए ।
२०८१ साउनदेखि विद्युतीय शबदाहगृह निःशुल्क गर्ने भनिए पनि असोज १५ सम्म पनि सशुल्क नै छ । थापाले प्रतिबद्धता अनुसार शबदाहगृह निःशुल्क त गर्न सकेनन् नै कमिसन नदिएपछि खरिद गरिएका सबदाह गृहका मेसिनको भुक्तानी नै रोकेका छन् ।
पशुपति विकास कोषले सबदाह गृहका लागि ४ वटा मेसिन खरिद गर्ने निर्णय गरेको थियो । त्यसमा मनोज पुरीको कम्पनीले १० करोड रुपैयाँमा ठेक्का पायो । २ वटा सबदाह गर्ने मेसिन पुरीले गएको २०८१ फागुनताका नै जडान गरेका थिए । २ वटा मेसिनको ५ करोड भुक्तानी लिएपछि अरु २ वटा जडान गर्ने सम्झौता भएकोमा अहिलेसम्म भुक्तानी पाउन सकेका छैनन् ।
७ महिनाअघि सबदाह गृहमा जडान भएका मेसिनको भुक्तानी रोकिनुको कारण कमिसन नै भएको स्रोतको दाबी छ । स्रोतका अनुसार ठेकेदार पुरीसँग १ करोड कमिसन मागेको र नदिएपछि भुक्तानी रोकिएको छ । १ करोड कमिसन मागिएको र ठेकेदारले दिन नमानेपछि ७ महिनादेखि भुक्तानी रोकिएको छ । २ वटा मेसिनको भुक्तानी रोकिएका कारण थप २ वटा मेसिन समेत आपूर्ति हुन सकेको छैन ।
कोषको स्पेसिफिकेसनअनुसार आपूर्ति गरेको भए पनि पछिल्लो समयमा कमिसनमा कुरा नमिलेपछि थापाले विद्युतीय सबदाह गर्ने मेसिन कमसल गुणस्तरको भुक्तानी रोकिएको जवाफ दिने गरेका छन् ।
पशुपति विकास कोषका सदस्य सचिव मिलनकुमार थापासँग विद्युतीय शबदाह गर्ने मेसिन खरिदको भुक्तानी रोकिएको बारेमा प्रतिक्रिया लिन मंगलबार पटक पटक प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन्
।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend