Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लास जलाउने विद्युतीय मेसिन खरिदमा पनि भ्रष्टाचार, कमिसनमा कुरा नमिलेपछि भुक्तानी रोकियो


    मंगलबार, असोज १५ २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । देवस्व र शिवस्व खानु हुँदैन भनिन्छ । तर पशुपति विकास कोषका सदस्य सचिव मिलनकुमार थापाले लास जलाउने दाउरादेखि विद्युतीय शवदाह गरिने मेसिन खरिदमा कमिसन मागेर भुक्तानी नै रोकेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको मन्दिरमा सुनको जलहरी जडानमा दायर गरेको मुद्दा जितेर आएपछि सदस्य सचिव थापाले विद्युतीय शबदाह गृह निःशुल्क गर्ने घोषणा गरेका थिए ।

    २०८१ साउनदेखि विद्युतीय शबदाहगृह निःशुल्क गर्ने भनिए पनि असोज १५ सम्म पनि सशुल्क नै छ । थापाले प्रतिबद्धता अनुसार शबदाहगृह निःशुल्क त गर्न सकेनन् नै कमिसन नदिएपछि खरिद गरिएका सबदाह गृहका मेसिनको भुक्तानी नै रोकेका छन् ।

    पशुपति विकास कोषले सबदाह गृहका लागि ४ वटा मेसिन खरिद गर्ने निर्णय गरेको थियो । त्यसमा मनोज पुरीको कम्पनीले १० करोड रुपैयाँमा ठेक्का पायो । २ वटा सबदाह गर्ने मेसिन पुरीले गएको २०८१ फागुनताका नै जडान गरेका थिए । २ वटा मेसिनको ५ करोड भुक्तानी लिएपछि अरु २ वटा जडान गर्ने सम्झौता भएकोमा अहिलेसम्म भुक्तानी पाउन सकेका छैनन् ।

    ७ महिनाअघि सबदाह गृहमा जडान भएका मेसिनको भुक्तानी रोकिनुको कारण कमिसन नै भएको स्रोतको दाबी छ । स्रोतका अनुसार ठेकेदार पुरीसँग १ करोड कमिसन मागेको र नदिएपछि भुक्तानी रोकिएको छ । १ करोड कमिसन मागिएको र ठेकेदारले दिन नमानेपछि ७ महिनादेखि भुक्तानी रोकिएको छ । २ वटा मेसिनको भुक्तानी रोकिएका कारण थप २ वटा मेसिन समेत आपूर्ति हुन सकेको छैन ।

    कोषको स्पेसिफिकेसनअनुसार आपूर्ति गरेको भए पनि पछिल्लो समयमा कमिसनमा कुरा नमिलेपछि थापाले विद्युतीय सबदाह गर्ने मेसिन कमसल गुणस्तरको भुक्तानी रोकिएको जवाफ दिने गरेका छन् ।

    पशुपति विकास कोषका सदस्य सचिव मिलनकुमार थापासँग विद्युतीय शबदाह गर्ने मेसिन खरिदको भुक्तानी रोकिएको बारेमा प्रतिक्रिया लिन मंगलबार पटक पटक प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार