काठमाडौं । जलहरी प्रकरणमा सफाइ पाएको एक बर्ष नपुग्दै पशुपति विकास कोषका सदस्य सचिव मिलनकुमार थापासहित १४ जना बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पशुपतिको शव जलाउने बिद्युतीय मेसिन (फर्नेस) खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा आइतबार आयोगले मुद्दा दायर गरेको हो ।
तत्कालीन निमित्त सदस्य सचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, कोषका तत्कालीन निमित्त उपनिर्देशक तथा हाल उपनिर्देशक रेवतीरमण अधिकारी, निमित्त उपनिर्देशक सिताराम रिसेल, कोषकै इन्जीनीयरहरु पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनालका बिरुद्ध मुद्दा दायर गरिएको छ ।
त्यसैगरी पुल्चोक इन्जीनीयरीङ क्याम्पसका इलेक्ट्रिकल बिभाग प्रमुख उपप्राध्यापक युवराज अधिकारी, कोषका कानुनी सल्लाहकार लैनबहादुर थापाबिरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । १४ जनाबिरुद्ध नै जनही १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ३१ पैसा बिगो मागदाबी गरिएको छ ।
शब जलाउने मेसिन आपूर्तिकर्ता कम्पनी म्याप इन्टरप्राइजेज प्रालिका संचालकद्वय मनोज पुरी \यदुनन्दन भट्टराई र कन्सलटेन्सी प्रालिका प्रबन्ध निर्देशक सुरज चापागाई बिरुद्ध पनि विशेष अदालतमा १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ३१ पैसा बिगो मागदाबी गरिएको छ ।
पशुपति बिकास कोषले म्याप इन्टरपेनर्स प्रालिसँग शव जलाउने मेसिन खरिद गरेको थियो । गुणस्तरहीन मेसिन सेटिङमा खरिद गरिएको अनुसन्धानमा देखिएको उल्लेख गर्दै आयोगले सदस्यसचिव थापासहितका पदाधिकारी र कर्मचारीसँग साढे १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ४१ पैसा बिगो मागदाबी गरी मुद्दा दायर गरेको छ ।
कोषले २०८० असोजमा ४ वटा मेसिन खरिदका लागि म्याप इन्टरप्रेनर्स प्रालिसँग सम्झौता गरेको थियो । ५ करोड ६५ लाख ५४ हजार ७९० रुपैयाँमा खरिद गरिएका दुईवटा मेसिन गत वर्ष नै जडान गरिएका थिए । तर, गुणस्तरमा प्रश्न उठेपछि भुक्तानी रोकिएको थियो । र, थप २ वटा मेसिन खरिद प्रक्रिया समेत अवरुद्ध भएको थियो ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend