काठमाडौं । आराध्यदेव पशुपति मन्दिरको ब्यवस्थापनका लागि गठित पशुपति विकास कोषलाई आफन्त र राजनीतिक दलका कायर्कर्ता भर्तिकेन्द्र बनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीदेखि कोषका पदाधिकारीहरुले आफन्त र कार्यकर्ता भर्ति गरी तलवभत्तामा मात्रै कोषलाई करोडौं ब्ययभार बढाएका छन् ।
पशुपति विकास कोषको जलहरी प्रकरणमा विशेष अदालत सेटिङ गरी सफाइ पाएर पुनर्वहाली भएका सदस्य सचिव मिलनकुमार थापाले पनि आफन्त भर्ति गरेका छन् । थापाले आफ्नै सालाकी श्रीमती सपना सिंखडालाई संग्रहालय अधिकृतलाई २ बर्षे करारमा नियुक्त गरेका छन् ।
कोषमा कर्मचारी भर्ति गर्नेमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका योजना आयोगका सदस्य रामकुमार फुयाँलकी श्रीमती अनिता भट्टलाई पनि २ बर्षे करारमा अनुसन्धान अधिकृतमा नियुक्ति दिइएको छ ।
त्यसैगरी प्रचण्ड सरकारका पर्यटन मन्त्री सुदन किराँती र हितबहादुर तामाङले पनि आफन्त र कार्यकर्ता भर्ति गरेका छन् । तत्कालीन पर्यटन मन्त्री हितबहादुर तामाङले रेखा लामालाई सरसफाई सुपरभाईजरमा २ बर्षे करारमा नियुक्ति दिएका छन् ।
त्यसैगरी हितबहादुरले सुशीला धमलालाई २ बर्षकै करार गरी सहलेखापाल पदमा भर्ति गरेका छन् । हितबहादुरकै सिफारिसमा सपना तामाङलाई पनि सहलेखापाल २ बर्षे करारमा २०८१ असार ३० मा नियुक्ति दिइएको छ ।
त्यसैगरी, सुदन किराँती पर्यटन मन्त्री हुँदा कोषका सदस्य सचिव थापाले २० जनालाई करारमा राखेका थिए । पछिल्लो सयमा किराँतीले राखेकामध्ये ४ जनालाई राजीनाम दिन लगाइएको छ ।
पशुपति विकास कोषलाई भर्तिकेन्द्र बनाउनेमा वर्तमान पर्यटन मन्त्री बद्री पाण्डे पनि छन् । उनले ४ जनालाई भर्ति राख्न लगाइसकेका छन् । पाण्डेकै सिफारिसमा २ जना पत्रकारलाई उनले विज्ञका रुपमा तलव भत्ता आकर्षक दिनेगरी राखिएको छ । कोषका एक उच्च अधिकारीले ती विज्ञको नाम आफूलाई समेत थाहा नभएको बताए । ती विज्ञ तलव बुझ्न समेत कोषमा आउँदैनन् । सदस्य सचिव थापाले उनीहरुको तलव मन्त्रालयमै पुर्याउने गरेका छन् त भन्ने प्रश्नमा ती अधिकारीले भने–उनीहरु कोषमा आएका छैनन् ।
कोषले अनुसन्धान अधिकृत, संग्रहालय अधिकृतमा राखिएका कोषका पदाधिकारी र मन्त्रीका आफन्त र कार्यकर्ताहरु कोही पनि उक्त काम जानेका छैनन् । विज्ञ पनि कोषको लागि आवश्यक नै नभए पनि राखिएको छ । कोषलाई मासिक दसौं लाख ब्ययभार पार्नेगरी आफन्त र कार्यकर्ता भर्ति गरिएकोबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ ।
पशुपतिनाथको मन्दिरको ब्यवस्थापनका लागि गठित कोषमा समेत आफन्त र कार्यकर्ता भर्ति गर्ने कार्यलाई अख्तियारले गम्भीर रुपमा लिएको छ । कोषको पदाधिकारीका रुपमा डा. गोविन्द टण्डनले तलव भत्ता बापतको सुविधा समेत नलिई सेवा गरेका थिए । तर पछिल्ला दिनमा प्रदीप ढकाल, नारायण सुवेदी, रमेश तिमल्सिना, मिलन थापा जस्ता कोषको सम्पत्ति नै दोहन गर्नेहरु सदस्य सचिव, कोषाध्यक्ष तथा संचालकमा आएपछि पशुपतिनाथ जस्तो पवित्र मन्दिरलाई समेत कमाइखानो भाँडो बनाएकोमा आयोगले गम्भीर रुपमा लिएको छ ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend