काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अवैध सुन तस्करीका लागि ७ कम्पनीमध्ये ५ वटाबाट ३ हजार १९४ केजी ६६८ ग्राम सुन तस्करी भएको जानकारी दिएको छ ।
सीआईबीले सोमबार पत्रकार सम्मेलन गरी अवैध सुन चोरी पैठारीमा संलग्न व्यक्तिहरुले स्थापना गरेका विभिन्न ७ डमी कम्पनीहरु मध्ये ३ हजार १९४ केजी ६६८ ग्राम सुन तस्करी भएको जानकारी दिएको हो ।
गत २०८० साल साउन २ गते त्रिभुवन विमानस्थलको भन्सारबाट बाहिरिएको ६० किलो ७१६ ग्राम अवैध सुन राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर सुरु भएको अनुसन्धान पश्चात अहिलेसम्मको अनुसन्धानमा उक्त परिणामको अवैध सुन चोरी पैठारी भएको खुलेको सिआईबीले जानकारी दिएको छ ।
सीआईबीले ब्रेक सूमा सुन लुकाएर ल्याएको अभियोगमा पक्राउ परेका २५ जनामध्ये २४ जना अभियुक्तहरु पुर्पक्षका लागि थुनामा रहेको जानकारी गराएको छ । उक्त परिमाणको सुन इलेक्ट्रोनिक मालवस्तु पानी तान्ने पम्प, स्मार्ट वाच, सेभिङ मेसिन, ब्रेक सूमा ल्याइएको थियो ।
सीआईबीका अनुसार अवैध चोरी पैठारी गर्नका लागि चिनियाँ नागरिक दाओजिन वाङसमेतको योजनामा स्थापना भएको थियो । अवैध सुन पैठारीका लागि स्थापना भएका कम्पनीहरुमा भुजेल इलेक्ट्रिक सप्लायर्स प्रा.लि, ह्वाडा इलेक्ट्रिक सप्लायर्स प्रा.लि, छुन्गाक इलेक्ट्रिक सप्लायर्स, दोलखा इलेक्ट्रिक सप्लायर्स र रेडी ट्रेड प्रा.लि. रहेका छन् ।
सीआईबीले उक्त सुनको कूल मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँ निकालेको छ । अवैध रुपमा चोरी पैठारी भएको सुनको रकम भुक्तानीमा पेवेल नेपाल प्रा.लि र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा.लि. बाट भएको पाइएको छ ।
सीआईबीले पहिलो चरणको अनुसन्धान सकेर गत भदौ ५ गते अदालतमा मुद्दा दायर गरेको थियो । त्यो बेला ‘ब्रेक सू’ का भित्रिएको अवैध सुनको मात्रै अनुसन्धान पुरा भएको र पाँच वटा कम्पनीबाट अवैध रुपमा भित्रिएको सुनहरुको सम्बन्धमा थप अनुसन्धान गरिएको उनले बताए । सीआईबीका अनुसार दोस्रो पटकको अनुसन्धानको क्रममा २० जना पक्राउ परेका छन् ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend