काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अवैध सुन तस्करीका लागि ७ कम्पनीमध्ये ५ वटाबाट ३ हजार १९४ केजी ६६८ ग्राम सुन तस्करी भएको जानकारी दिएको छ ।
सीआईबीले सोमबार पत्रकार सम्मेलन गरी अवैध सुन चोरी पैठारीमा संलग्न व्यक्तिहरुले स्थापना गरेका विभिन्न ७ डमी कम्पनीहरु मध्ये ३ हजार १९४ केजी ६६८ ग्राम सुन तस्करी भएको जानकारी दिएको हो ।
गत २०८० साल साउन २ गते त्रिभुवन विमानस्थलको भन्सारबाट बाहिरिएको ६० किलो ७१६ ग्राम अवैध सुन राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर सुरु भएको अनुसन्धान पश्चात अहिलेसम्मको अनुसन्धानमा उक्त परिणामको अवैध सुन चोरी पैठारी भएको खुलेको सिआईबीले जानकारी दिएको छ ।
सीआईबीले ब्रेक सूमा सुन लुकाएर ल्याएको अभियोगमा पक्राउ परेका २५ जनामध्ये २४ जना अभियुक्तहरु पुर्पक्षका लागि थुनामा रहेको जानकारी गराएको छ । उक्त परिमाणको सुन इलेक्ट्रोनिक मालवस्तु पानी तान्ने पम्प, स्मार्ट वाच, सेभिङ मेसिन, ब्रेक सूमा ल्याइएको थियो ।
सीआईबीका अनुसार अवैध चोरी पैठारी गर्नका लागि चिनियाँ नागरिक दाओजिन वाङसमेतको योजनामा स्थापना भएको थियो । अवैध सुन पैठारीका लागि स्थापना भएका कम्पनीहरुमा भुजेल इलेक्ट्रिक सप्लायर्स प्रा.लि, ह्वाडा इलेक्ट्रिक सप्लायर्स प्रा.लि, छुन्गाक इलेक्ट्रिक सप्लायर्स, दोलखा इलेक्ट्रिक सप्लायर्स र रेडी ट्रेड प्रा.लि. रहेका छन् ।
सीआईबीले उक्त सुनको कूल मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँ निकालेको छ । अवैध रुपमा चोरी पैठारी भएको सुनको रकम भुक्तानीमा पेवेल नेपाल प्रा.लि र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा.लि. बाट भएको पाइएको छ ।
सीआईबीले पहिलो चरणको अनुसन्धान सकेर गत भदौ ५ गते अदालतमा मुद्दा दायर गरेको थियो । त्यो बेला ‘ब्रेक सू’ का भित्रिएको अवैध सुनको मात्रै अनुसन्धान पुरा भएको र पाँच वटा कम्पनीबाट अवैध रुपमा भित्रिएको सुनहरुको सम्बन्धमा थप अनुसन्धान गरिएको उनले बताए । सीआईबीका अनुसार दोस्रो पटकको अनुसन्धानको क्रममा २० जना पक्राउ परेका छन् ।
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend