काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय अपराधीहरुको लागि स्वर्णभूमि बन्दै गएको छ । विगतमा पाकिस्तानी र काश्मिरी जासुसहरुको केन्द्र बनेको थियो नेपाल । प्रहरीका उच्चपदस्थ अधिकारीहरुले नै पाकिस्तानी जासुसलाई घराभाडामा दिएको र पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाकी नातिनीले बंगलादेशी नागरिक रुवेल चौधरीसँग विवाह गरिन् । जो अन्तर्राष्ट्रिय कल चोरी(भीओआईपी) मा संलग्न थिए । भीओआईपीबाट नेपालको बार्षिक अरबौं करछली भएको थियो ।
आर्थिक अपराध, नक्कली नोटको कारोबार, अन्तर्राष्ट्रिय कलचोरीमा पाकिस्तानी र बंगलादेशीहरु संलग्न थिए । यस्ता अपराधमा राजनीतिक नेतृत्व र प्रहरीले संरक्षण गर्दै जाँदा सन् १९९९ डिसेम्बर २४ मा इण्डियन एयरलाइन्सको अपहरण भयो । जसका कारण नेपालको छविमा कलंकको दाग लाग्न पुग्यो । र, प्रहरी प्रशासन गम्भीर हुन पुग्यो । पाकिस्तान र बंगलादेशका अपराधीहरुलाई सुुटुक्क बुझाउने क्रम सुरु गर्यो ।
पाकिस्तानी र बंगलादेशीहरुबाट हुने अपराधमा कमी आए पनि विगत १० बर्षदेखि चिनियाँ अपराधीहरुले काठमाडौं उपत्यकाभित्र एकपछि अर्को शृंखलाबद्ध अपराधिक क्रियाकलाप गरिरहेका छन् । कुनै पनि अपराधीले संस्थागत रुपमा अपराध गर्न प्रहरी र सत्ताको सहयोगविना संभव हुँदैन ।
चिनियाँहरुले नेपालमा बसी चीनमा अनलाइन जुवा खेलाउने, ठगी गर्ने जस्ता कार्य गर्दैआएका थिए । यस्ता कार्यले नेपालमा कुनै हानी नहुने हुँदा प्रहरीले लाभ लिउन्जेल त्यस्ता अपराधमा संलग्न चिनियाँलाई पक्राउ गर्न चासो नदिएको गुनासो ब्याप्त छ । त्यस्तो अपराधमा संलग्नहरुबाट लाभ नपाएपछि मात्र प्रहरीले फाट्टफुट्ट पक्राउ गर्ने र पत्रकार सम्मेलन गर्ने गरेको आरोप लाग्ने गरेको छ ।
सर्वेन्द्र खनाल आईजीपी हुँदा काठमाडौं उपत्यकाका बिभिन्न ठाउँमा घरभाडामा लिई अपराध गर्ने चिनियाँहरुको ठूलो संजाललाई ध्वस्त पारेका थिए ।
उपेन्द्रकान्त अर्याल, राजेन्द्रसिंह भण्डारी, हेमन्त मल्ल ठकुरी, नवराज सिलवालहरुको नेतृत्वमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठूला बित्तीय अपराध, भीओआईपीमार्फत् भएको अरबौं राजस्व छलीका घटनामा अपराधीहरुलाई कानुनी कठघरामा ल्याएर सीआईबीको साख बृद्धि गरेका थिए । तर ठूला र जघन्य अपराधको अनुसन्धान गर्ने सीआईबीको साख पछिल्ला दिनमा गिर्दै गएको छ ।
विगतमा चिनियाँहरुले चिनियाँ र भारतीय ठग्दैआएका थिए । पछिल्ला दिनमा चिनियाँ अपराधीहरुले नेपालीलाई ठग्न थालेका छन् । २०८२ असार १७ गते सीआईबीबाट खटिएको टोलीले ललितपुर महानगरपालिका वडा नं .४ वालिफलस्थित दमकल चोकमा रहेको एक घर भाडामा लिई सोसल सफ्टवेयर डेभलपमेन्ट कम्पनी प्रालि दर्ता गरी गैरकानूनी रुपमा कल सेन्टर तथा मीटु डेटिङ एप संचालन गर्दैआएका ६ चिनियाँ र ४६ नेपालीलाई पक्राउ गरेको थियो ।
ललितपुरको वालीफलमा मुख्य र सोको शाखाको रुपमा काठमाडौं महानगरपालिका १३ चागलमा अर्को घरसमेत भाडामा लिएर विभिन्न नेपाली युवतीहरुलाई प्रलोभनमा पारी डेटिङ एप्समार्फत् अनलाइन डेटिङ स्क्याम तथा क्रिप्टो कारोबार गरिरहेको अवस्थामा ५२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी असार १८ गते विज्ञप्तिमार्फत् दिएको थियो । सीआईबीका प्रवक्तादेखि प्रमुख चन्द्रकुवेर खापुङसम्मले क्रिप्टो कारोबारीहरुको चिनियाँ गिरोह पक्राउ गरेको बताएका थिए । सीआईबीले नगद १३ लाख ९९ हजार ९ सय ५० रुपैयाँ बरामद गरेको थियो । मोवाइल ५४ र ल्यापटप ७ थान समेत बरामद गरेको थियो ।
सीआईबीले मी टु नामक एप्समार्फत् नेपाली युवायुवतीलाई डेटिङ गर्न सघाउने, सोबापतको शुल्क क्रिप्टो करेन्सीमार्फत् लिने गरेको प्रमाणसहित चिनियाँलाई पक्राउ गरेको थियो । क्रिप्टो करेन्सीको कारोबारमा संलग्नलाई नेपाल राष्ट्रबैंक ऐन अनुसार अनुसन्धान गरिन्छ । घटनामा ३ जनाभन्दा बढी संलग्न भएमा संगठित अपराध ऐन अनुसार ६० दिन थुनामा राखी गहन अनुसन्धान गरिन्छ । सीआईबीमा अझै पनि यस्ता कतिपय घटनामा पक्राउ परेका नेपाली र भारतीय प्रतिवादी मुद्दा दर्ताको पालो कुरेर बसेका छन् । तर क्रिप्टो कारोबारमा संलग्न मी टु डेटिङ एप्स संचालन गर्ने चिनियाँहरुलाई पक्राउ परेको २० दिनमै २०८२ साउन ७ गते सीआईबीले ललितपुर जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
सीआईबीले बुझाएको मुद्दामा क्रिप्टो कारोबारमा राष्ट्रबैंक ऐन नलगाई हुन्डीको दफा प्रयोग गरिएको छ । उक्त दफा जमानत पाउने दफा हो । सीआईबीका प्रमुख चन्द्रकुवेर खापुङले चिनियाँ अपराधीसँग सेटिङ गरेर प्रमाण लोप गरी कमजोर दफा लगाई हतारहतार मुद्दा बुझाएको आरोप छ । सीआईबीले ७ वटा ल्यापटप र ५४ वटा मोेवाइल बरामद गरेकोमा मुद्दा बुझाउँदा यी डिभाइसको डिटेल फरेन्सिक ल्याबको रिपोर्ट समेत पेश नगरेको स्रोत बताउँछ ।
मुद्दा बुझाउँदा पक्राउ परेकाहरुको बयान र डिभाइसको रिपोर्ट विश्लेषण गर्ने हो भने ती चिनियाँ अपराधीहरुले नेपालीको करोडौं करोड ठगी गरेको पुष्टि हुने प्रमाण देखिन्छ । तर सीआईबीले कमजोर दफा लगाई सेटिङमा चिनियाँहरुलाई चाँडोभन्दा चाँडो उन्मुक्ति दिलाउन खोजेको आरोप छ ।
चिनियाँ नागरिकलाई थुनामा नेपालीको पैसाले खाना खुवाउनुपर्छ भन्ने त होइन । तर यसपटक चिनियाँहरुले नेपालीलाई मात्र ठगेका होइनन् अक्षम्य अपराध नै गरेकाले उनीहरुलाई गहन अनुसन्धान गरी कडा कारबाही हुने अपेक्षा सबैले गरेका थिए । तर सीआईबीले डेटिङ एप र क्रिप्टो कारोबार ठूलो गिरोह पक्राउ परेको हल्लाखल्ला गर्यो । तर हतार हतार अनुसन्धान समेत राम्रोसँग नगरी क्रिप्टोमा राष्ट्रबैंक ऐन नलगाई मुद्दा बुझायो । पक्राउ परेका ७ चिनियाँको तर्फबाट एक कानुन ब्यवसायीले सेटिङ मिलाएपछि हतार हतार मुद्दा बुझाइएको स्रोत बताउँछ ।
क्रिप्टो करेन्सी कारोबार गरेको भनेर हुन्डीको मुद्दा लगिएकोबारेमा सीआईबीका प्रमुख चन्द्रकुवेर खापुङले भने–दुबैमा मुद्दा बुझाइएको छ । क्रिप्टोको कुरामा ब्यालेन्स एकाउन्टमा क्लीयर देखिंदैन । हामीले क्रिप्टोको दफा पनि लगाएका छौं । जे जति देखिएको छ, त्यही अनुसार मुद्दामा उल्लेख गरी बुझाइएको हो ।
बरामद डिभाइसहरुको डीएफएल रिपोर्ट समेत मुद्दामा पेश नगरेकोबारेमा उनले भने–‘हामीले पेश गरेका छौं । तपाईलाई कसले भन्यो यस्तो कुरा ?’
सीआईबीले छापा मार्ने, ठूलो अपराधीक संजाल पक्राउ परेको भनेर पत्रकार सम्मेलन गर्ने तर अनुसन्धान नै राम्रोसँग नगरी हतारमा मुद्दा पेश गर्नुले चिनियाँ अपराधीहरु छुट्ने र दण्डहीनताले अपराध उनीहरुको गर्न मनोबल झन् बढ्ने देखिन्छ । हाल चिनियाँ अपराधीहरुले जुवाको बिज्ञापन सामाजिक संजालमा खुलेआम गरिरहेका छन् ।
उपेन्द्रकान्त अर्याल र राजेन्द्रसिंह भण्डारी सीआईबी प्रमुख हुँदा भीओआईपीको एन्टेना खोज्दै छापा मार्ने गरेका थिए । तर हालका सीआईबी प्रमुख खापुङले डिजिटल एपमा जुवाको विज्ञापन छ्यापछ्याप्ती आउँदा पनि अपराधीहरुलाई पक्राउ गर्न सकेका छैनन् । प्रहरीकै संरक्षणमा यस्तो धन्दा मौलाइरहेको आशंकालाई बल पुगेको छ ।
क्रिप्टो कारोबार गरिरहेको उल्लेख गरिएको सीआईबीको विज्ञप्ति

काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend