काठमाडौं । सरकारले खारेज गरेको भूमि आयोग गठन नहुँदै अध्यक्ष नियुक्तिका एमाले र माओवादीका नेताहरुको लर्को लागेको छ । गएको चैत ८ गते भूमि आयोग खारेज गरेपछि नयाँ आयोग गठन प्रक्रिया तत्कालै थाल्न भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सरकारले निर्देशन दिएको थियो । मन्त्रिपरिषदले भूमि आयोग गठन नगर्दै अध्यक्ष हुन चाहनेहरु दौडधूपमा लागेका छन् ।
आयोगको अध्यक्ष हुनका लागि पूर्वअध्यक्ष देवी ज्ञवाली, एमाले नेतृ शान्ता चौधरी र अर्का एमाले नेता लक्ष्मण ज्ञवाली लागेका छन् । यसअघिका आयोगका उपाध्यक्ष नहेन्द्र खड्का आफूले पाउनुपर्ने दाबीसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अनुनय बिनय गरिरहेका छन् । उनी यसअघि उपाध्यक्ष भइसकेकाले अध्यक्ष आफैं हुनुपर्ने उनको माग छ ।
भूमिब्यवस्था मन्त्रालय एमालेकै भागमा परेको र सत्ताघटकमा ठूलो दल भएकाले आयोगको अध्यक्ष संभवतः सोही पार्टीका नेताहरुले पाउने संभावना छ । देवी ज्ञवालीले यसअघि अध्यक्ष हुँदा पूरा कार्यकाल काम गर्न नपाएकाले अधुरा काम पूरा गर्न मौका पाउनुपर्ने माग एमाले अध्यक्ष ओलीसँग गरेका छन् । उनी केपी शर्मा ओली अध्यक्ष हुँँदा तत्कालीन भूमि समस्या समाधान आयोगका अध्यक्ष थिए । ज्ञवालीलाई अध्यक्ष बनाउन प्रधानमन्त्री प्रचण्ड पनि सकारात्मक रहेको बताइन्छ ।
चितवनबाट २०८४ मा छोरी रेणु दाहाललाई प्रतिनिधिसभामा उम्मेदवार बनाउनका लागि वातावरण बनाउन पनि देवी ज्ञवालीलाई अध्यक्ष बनाउन प्रधानमन्त्री सकारात्मक रहेको स्रोतको दाबी छ । भरतपुर महानगरपालिकामा मेयरका रुपमा विकास निर्माणका कारण जनताको मन जितेकाले आगामी प्रतिनिधिसभामा उम्मेदवार बन्ने योजनामा रेणु छिन् । प्रधानमन्त्री छोरीलाई स्थापित गर्न चाहिरहेकाले पनि आयोगको अध्यक्ष पद देवी ज्ञवालीले नै बाजी मार्ने निश्चित देखिएको छ । देवी ज्ञवाली गएको निर्वाचनमा चितवन क्षेत्र नम्बर २ प्रदेश (ख) बाट नेपाली कांग्रेसका उत्तम जोशीसँग प्रदेश सांसदमा पराजीत भएका थिए ।
यसअघि सर्वोच्च अदालतले २०७८ असार २८ मा दिएको परमादेशपछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त आयोग खारेज गरेको थियो । र, भूमि आयोग गठन गरी केशव निरौलालाई अध्यक्ष बनाएका थिए ।
शान्ता चौधरी मुक्त कमैयाको जीवन भोगिसकेकाले भूमिहीनको पीडा बुझेको भन्दै नियुक्ति हुने दाउमा छिन् । चौधरी २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा दाङ १ बाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीसँग पराजीत भएकी थिइन् ।
एमाले उपाध्यक्ष युवराज ज्ञवालीका भाइ लक्ष्मण ज्ञवाली पनि अहिलेसम्म अवसर नपाएकाले आयोगको अध्यक्ष हुने लबिङमा छन् । उनी २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट नेपाली कांग्रेसका संजय गौतमसँग पराजीत भएका थिए ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend