काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरुमा सधैं रजगज गर्नेमा पर्दछन्– उपसचिवत्रय लोकबहादुर भण्डारी, देवी भण्डारी र शेरबहादुर भण्डारी । यी तीनै जना भण्डारी दाजुभाइ हुन् । उनीहरु जागिर खाएदेखि अधिकांश समय काठमाडौं उपत्यकाका मालपोत कार्यालयमै कार्यरत छन् । यदाकदा उपत्यका बाहिर गए पनि उनीहरु प्रायः उपत्यकामै रजगज गर्नेभित्र पर्दछ्न ।
निजामती सेवा नियमावलीमा क बर्गको कार्यालयबाट क मै सरुवा नहुने प्रावधान राखिएको छ । तर यो प्रावधान यी दाजुभाइका लागि लागू हुँदैन । किनकि गएको असोज १५ मा भएको सरुवामा उपसचिव लोकबहादुर भण्डारी रुपन्देहीबाट डिल्लीबजार मालपोत कार्यालयमा सरुवा भएका छन् । रुपन्देही जस्तो आकर्षक कार्यालयमा सरुवा भएको ३ महिनामै उनी डिल्लीबजारमा आएका हुन् । मन्त्रीलाई खुसी पारी उनी ३ महिनामै रुपन्देहीबाट काठमाडौं आउन सफल भएका छन् ।
लोकबहादुर काठमाडौं उपत्यका र मालदार मालपोतकै मात्र हाकिम भइरहेकाले प्रशासन क्षेत्रमा उनलाई मालपोतका रैथानेको संज्ञा दिने गरिएको छ । उनलाई मात्र होइन, उनका सबै दाजुभाइलाई मालपोतका रैथाने कर्मचारीको रुपमा लिने गरिएको छ ।
उपसचिव लोकबहादुर भण्डारीले जागिरे जीवनको २८ बर्ष अवधिमध्ये २५ वर्ष मालपोतमै बिताएका छन् । त्यसमा पनि सधैं आकर्षक कार्यालयमा जाने गर्छन् । धरैजसो उपत्यकाका कार्यालयमा बस्छन्, कहिलेकाहीँ छोटो समयमा उपत्यका बाहिर गए भने बुटवल, चितवन, विराटनगर जस्ता सुगम र आकर्षक ठाउमा बस्ने गर्छन् ।
भण्डारी सधैं आकर्षक कार्यालयमा सरुवा हुनुमा मन्त्री, सचिव, पहुुँवाला र विचौलियालाई रिझाउने उनको अद्भुत कला नै हो । तत्कालीन भूमि व्यवस्था मन्त्री रञ्जीता श्रेष्ठको पालामा उनले ढाकाको सारी खरिद गरेर आफैंले मन्त्रीलाई पु¥याएका थिए । त्यसपछि उनको सरुवा रोजेकै ठाउँमा भयो । मन्त्रीलाई रिझाउने कला उनको यतिमात्र थिएन । रञ्जिता मन्त्री भएकै बेला मन्त्रीका तत्कालीन सल्लाहकार डेविड पौडेल विरामी भई ग्राण्डी अस्पताल भर्ना भएकाले उनले अस्पतालमै पुगी अस्पतालको सबै शुल्क आफैं बुझाएका थिए ।
यसैगरी उनले रञ्जिताको फ्ल्याटमा सबै किसिमका फर्निचर र फर्निचरका सामग्रीको व्यवस्था मिलाइदिएका थिए । लोक भण्डारी ४ महिना अघिसम्म भक्तपुर मालपोत कार्यालयमा थिए । ४ महिना पहिले रुपन्देही पुगे । तर रुपन्देहीमा ४ महिना पनि बसेनन् । त्यसपछि आकर्षक मानिने डिल्लीवजार मालपोत कार्यालयमा सरुवा भए ।
मन्त्री, सचिव र पहुँचवाला कर्मचारी रिझाउने कला उनले आफ्ना दुबै भाइ देवी भण्डारी र शेर भण्डारीलाई पनि सिकाएका छन् । त्यसैले यी तीन भाइ सधैं आकर्षक कार्यालयमा सरुवा हुने गर्छन् । हाल देवी भण्डारी मालपोत कार्यालय दाङ र शेर भण्डारी मालपोत कार्यालय विराटनगरमा कार्यरत छन् । यसअघि देवी मालपोत कार्यालय चावहिलमा थिए ।
भूमि व्यवस्था कार्यालयका एक कर्मचारी भन्छन्– कानुनले गर्न नमिल्ने काममा पनि लोक भण्डारी अगाडि बढ्ने गर्छन् । उनको यही स्वभावले गर्दा उनलाई विचौलियाहरूले सधैं आकर्षक कार्यालयमा पु¥याउने गर्छन् । अहिले विचौलियाहरुलाई उनले डिल्लीबजार पु¥याउनुमा पनि एउटा ठूलो स्वार्थ रहेको बताइएको छ ।
रञ्जिताको पालामा भक्तपुर मालपोतमा हुँदा गुठीको जग्गा दर्ता गरेर ठूलो आर्थिक चलखले गरेको आरोप उनीमाथि लागेको छ । अहिले डिल्लीबजार मालपोत कार्यालयमा त्यस्तै एउटा सरकारी सार्वजनिक÷गुठीको जग्गामा विचौचिलयाको आँखा परेको छ । त्यस कामलाई अघि बढाउने आश्वासन लोकले दिएका छन् । मालपोत कार्यालयका अर्का एक कर्मचारी भन्छन्– एक दिनमा २०÷३० हजार रुपैयाँ घुस लिनु यिनका लागि सामान्यझैं हो । त्यसका अलावा विवादित जग्गामा ठूलो आर्थिक चलखेल हुने गरेको छ । त्यसैले यिनी मालपोत बाहेक अन्य कार्यालयम जान सपनामा पनि कल्पना गर्दैनन् ।
काठमाडौं । नेपाल सरकारले निजामती कर्मचारीको दरबन्दी कटौतीका नामामा जथाभावी गरेको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर बिभाग र मन्त्रालय गरी २...
नुवाकोट । बाढीले त्रिशुलीमाथिको पुल बगाएपछि त्रिशुलीपारीका स्वास्थ्य संस्थामा हैजाविरुद्धको खोप पुर्याउन स्थलमार्ग अवरुद्ध भएपछि ड्रोनमार्फत् खोप पठाइएको छ । २ देखि ८ डिग्री सेल्सियस...
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend