काठमाडौं । एमाले–माओवादी, रास्वपा, जसपासहितका पार्टीका नयाँ सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डा टुंगो लाग्न सकेको छैन । अर्थमन्त्रालय माओवादी केन्द्रले राख्ने भएपछि गृहमन्त्रालय एमालेको भागमा पुग्ने भएको छ ।
गृहमन्त्रालय एमालेको भागमा पुग्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रालयका सचिव दिनेश भट्टराईलाई बोलाएर सशस्त्र प्रहरी बलको रिक्त एक डीआईजीमा बढुवा छिटो टुंगो लगाउन निर्देशन दिएका छन् । स्रोतका अनुसार बुधवार बिहान सचिव भट्टराईलाई बोलाएर उनले सशस्त्रको डीआईजी बढुवा छिटो टुंग्याउन निर्देशन दिएका हुन् ।
बिदुर खड्का गएको भदौमा अवकाश भएपछि सशस्त्रमा एक डीआईजीको दरबन्दी रिक्त छ । ७ महिनाअघि रिक्त डीआईजी पदमा बढुवाका लागि राजनीतिक दबाब बढी भएकाले आईजीपी राजु अर्यालले अगाडि बढाउन सकेका थिएनन् ।
सशस्त्रको डीआईजी बढुवाको लागि एसएसपीहरु कृष्ण पाठक, दीपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा र दीपेन्द्र कुँवरले आवेदन दिएका छ्न् । आवेदन दिएकामध्ये पाठक नेपाल प्रहरीको टाइपिष्ट(सई)बाट सशस्त्रमा प्रवेश गरेका हुन् । उनी कार्यदक्षता मूल्यांकनमा कमजोर भएर यसअघि एसएसपी बढुवामा परेका थिएनन् ।
बढुवा हुने संभावना नै नभए पनि पाठकले डीआईजी बढुवाको आवेदन दिएका छन् । नेपाल प्रहरीबाट सशस्त्रमा आएकाहरुले स्टाफ कलेज गर्नुपर्ने ब्यवस्था अन्तर्गत उनले गरेका छैनन् । तर दीपक अधिकारी, दीपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा र दीपेन्द्र कुँवरले बढुवाका लागि आवश्यक पर्ने स्टाफ कलेज पास गरेकाले उनीहरुको स्वतः नम्बर बढी छ । त्यसो त कृष्ण ढकाल छैटौं पटकमा स्टाफ कलेज पास गरेका एसएसपी हुन् भने कुँवर सशस्त्रको स्टाफ कलेज पास गर्न नसक्ने भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाको भिटो प्रयोग गरी सेनाको स्टाफ कलेजबाट पास गरेका हुन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend