काठमाडौं । एमाले–माओवादी, रास्वपा, जसपासहितका पार्टीका नयाँ सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डा टुंगो लाग्न सकेको छैन । अर्थमन्त्रालय माओवादी केन्द्रले राख्ने भएपछि गृहमन्त्रालय एमालेको भागमा पुग्ने भएको छ ।
गृहमन्त्रालय एमालेको भागमा पुग्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रालयका सचिव दिनेश भट्टराईलाई बोलाएर सशस्त्र प्रहरी बलको रिक्त एक डीआईजीमा बढुवा छिटो टुंगो लगाउन निर्देशन दिएका छन् । स्रोतका अनुसार बुधवार बिहान सचिव भट्टराईलाई बोलाएर उनले सशस्त्रको डीआईजी बढुवा छिटो टुंग्याउन निर्देशन दिएका हुन् ।
बिदुर खड्का गएको भदौमा अवकाश भएपछि सशस्त्रमा एक डीआईजीको दरबन्दी रिक्त छ । ७ महिनाअघि रिक्त डीआईजी पदमा बढुवाका लागि राजनीतिक दबाब बढी भएकाले आईजीपी राजु अर्यालले अगाडि बढाउन सकेका थिएनन् ।
सशस्त्रको डीआईजी बढुवाको लागि एसएसपीहरु कृष्ण पाठक, दीपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा र दीपेन्द्र कुँवरले आवेदन दिएका छ्न् । आवेदन दिएकामध्ये पाठक नेपाल प्रहरीको टाइपिष्ट(सई)बाट सशस्त्रमा प्रवेश गरेका हुन् । उनी कार्यदक्षता मूल्यांकनमा कमजोर भएर यसअघि एसएसपी बढुवामा परेका थिएनन् ।
बढुवा हुने संभावना नै नभए पनि पाठकले डीआईजी बढुवाको आवेदन दिएका छन् । नेपाल प्रहरीबाट सशस्त्रमा आएकाहरुले स्टाफ कलेज गर्नुपर्ने ब्यवस्था अन्तर्गत उनले गरेका छैनन् । तर दीपक अधिकारी, दीपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा र दीपेन्द्र कुँवरले बढुवाका लागि आवश्यक पर्ने स्टाफ कलेज पास गरेकाले उनीहरुको स्वतः नम्बर बढी छ । त्यसो त कृष्ण ढकाल छैटौं पटकमा स्टाफ कलेज पास गरेका एसएसपी हुन् भने कुँवर सशस्त्रको स्टाफ कलेज पास गर्न नसक्ने भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाको भिटो प्रयोग गरी सेनाको स्टाफ कलेजबाट पास गरेका हुन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend