Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभापति रविको प्रश्न – विवादित मन्त्रीलाई पद छोड्न केले छेकेको छ ?


    सोमबार, फाल्गुन १४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवाद र भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूबारे प्रधानमन्त्रीले संसदमा स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् ।

    आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सभामुखबाट रुलिङ भइसके पनि सरकारले जवाफ नदिएकोप्रति असन्तुष्टि जनाएका हुन् ।

    सभापति लामिछानेले आफूमाथि आरोप लागिसकेपछि मन्त्रीहरूलाई संसद्‌मा उभिएर जवाफ दिन केले रोक्यो ? भन्दै प्रश्न उठाए ।

    सभापति लामिछानेले भने,‘संसदलाई आरोप प्रत्यारोपको क्षेत्र किन बनाइँदैछ ? सभामुखले रुलिङ भइसकेका विषयमा विवादित केही मन्त्रीहरूलाई आफूलाई लागेको आरोपका विषयमा सदनमा उभिएर जवाफ दिन रोकेको छ चाहिँ के ले ? किन पटक-पटक मागिराख्नुपर्ने ? यदि कुनै अप्ठ्यारो छैन । आफूमाथि उठेका आरोपका जवाफ दिनसक्ने यथेष्ट आधारहरू छन् । ती आरोप या निराधार हो भने संसद्‍मा उभिएर भन्ने केले रोक्यो ?’

    उनले लघुवित्त र दूध किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण जनाए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार