काठमाडौं । समाजवादी मोर्चाले विपक्षी दल नेकपा एमालेसहित वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुने पत्राचार गर्ने निर्णय गरेको छ।
आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोर्चालाई विस्तार गर्ने निर्णय गरेको हो।
अब मोर्चाको निर्णयपछि मोर्चाका संयोजक नेत्र विक्रम चन्द मोर्चामा आबद्ध हुनको लागि पत्राचार गर्ने बताईएको छ ।
यस्तै बैठकले समाजवादी मोर्चाका नाराहरूको भित्ते लेखन गर्ने, झण्डा ब्यानरबाट प्रचार गर्ने, काठमाडौंसहित सातै प्रदेशमा एकएक वटा गोष्ठी गर्ने र समाजवादी मोर्चाको मुखपत्र प्रकाशन गर्ने निर्णय गरिएको छ ।
मोर्चाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधन नेपालसहित शीर्ष नेताहरु सहभागी थिए। फागुन ६ गते बसेको बैठकले विप्लवलाई समाजवादी मोर्चाको संयोजक बनाउने निर्णय गरेको थियो ।
यसैगरी हाल मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा सहभागी छन् ।
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend