काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को कम्युनिष्ट पार्टी नेपाल समाजवादी मोर्चाबाट अलग भएको छ । उनले आफ्नो पार्टी समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेका छन् ।
बुधबार जारी विज्ञप्तिमार्फत उनले हालको परिस्थितिमा मोर्चाको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै औपचारिक रूपमा अलग हुने निर्णय सार्वजनिक गरेका हुन् ।
विप्लवले स्मरण गराउँदै भनेका छन्– ‘२०८० सालमा राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण, जनजीवीकाको पक्षमा र भ्रष्टाचारविरुद्ध संघर्ष गर्न चार दल मिलेर समाजवादी मोर्चा गठन गरिएको थियो ।’
बिप्लवका अनुसार, मोर्चाले केही कार्यक्रम सञ्चालन गरे पनि अपेक्षित गतिमा राजनीतिक कार्य अघि बढ्न सकेन । महासचिव विप्लवले हालको जेनजी आन्दोलन र त्यसपछि आएको राजनीतिक परिवर्तनले नयाँ प्रकारका वाम एकता र मोर्चाबन्दीको आवश्यकता देखिएको टिप्पणी गरेका छन् ।
त्यस आधारमा विप्लव नेतृत्वको नेकपाले मोर्चाबाट अलग भएको जानकारी दिंदै उनले मोर्चामा आबद्ध सबै पक्षलाई धन्यवाद ज्ञापन गरेका छन् ।
यसअघि समाजवादी मोर्चामा तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी (नेसपा) र विप्लव नेतृत्वको नेकपा आवद्ध थिए ।
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend