Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • समाजवादी मोर्चाले आज ७ स्थानबाट जुलुस निकाल्ने, भृकुटीमण्डपमा सभा


    शुक्रबार, चैत्र १५ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राजावादीहरू सक्रिय भएपछि समाजवादी मोर्चाले काउन्टर दिने गरी आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् ।

    जसअनुसार मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँबाट प्रदर्शन गर्नेछन् ।

    जसअनुसार माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सोर्हखुट्टेवाट जुलुस प्रदर्शन गर्नेछ भने एकीकृत समाजवादीले मैतिदेवी डिल्लीबजार हुदैँ आउनेछ । उता, चन्द नेतृत्वको नेकपाले सुन्धारबाट प्रदर्शन गर्नेछ भने नेसपाले न्युरोड गेटवाट प्रदर्शन गर्नेछन ।

    अपरान्ह १२ बजेबाट सुरू हुने जुलुस प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ । तर, सो सभालाइ कस कसले सम्बोधन गर्ने भन्ने अझै सार्बजनिक गरिएको छैन ।

    कहाँ कहाँबाट निस्कदैछ जुलुस ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार