Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने


    शुक्रबार, चैत्र १ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठकाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रका बिरुद्ध प्रतिगामी शक्तिहरुको चलखेल बढिरहेका बेला समाजवादी मोर्चाको बैठक बसेको छ । शुक्रबार बसेको मोर्चाको बैठकले चैत १५ गते काठमाडौंमा बृहत् जनसभा आयोजना गर्ने भएको छ ।

    आज बसेको मोर्चाको बैठकले १५ गतेको जनसभालाई बृहत् बनाउने निर्णय गरेको हो ।

    एकपछि अर्को गर्दै परिस्थिति गम्भीर बनेको निष्कर्ष मोर्चाले निकालेको छ ।

    भोलि होटल हिमालयमा अन्तरक्रिया गर्ने र त्यसपछि पत्रकार सम्मेलन आयोजनाको तयारी गरिएको समाजवादी मोर्चाले जनाएको छ ।

    बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ सहभागी थिए ।

    एकीकृत समाजवादीबाट वरिष्ठ नेता प्रमेश हमाल, महासचिव घनश्याम भुसाल सहभागी छन् ।

    यस्तै नेकपाको तर्फबाट महासचिव नेत्रविक्रम चन्दलगायत सहभागी थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार