Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लिग-२ मा आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुँदै


    शुक्रबार, फाल्गुन ११ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्याण्ड बीच खेल हुँदैछ ।  त्रिभुवन विश्वविद्यालय किर्तिपुरस्थितमैदानमा हुने यो खेल बिहान साढे ९  बजेदेखि शुरु हुँदैछ ।

    लिग-२ को जारी सिरिजमा नामिबियाले ३ खेलमा २ खेल जितेको छ भने नेदरल्याण्डसले २ खेलमा एक खेल जितेको छ । नामिबियाले नेपालविरुद्धको दुवै खेल जितेको छ भने नेदरल्याण्डससँगको खेलमा हार बेहोरेको थियो ।

    लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार