काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो पहिलो खेलमा नेपालले नामिबियालाई १३३ रनको झिनो लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.५ ओभरमा १३२ रन बनाउँदै अल आउट भयो । नेपालका लागि भीम सार्कीले ४४, गुल्सन झाले २१ र करण केसीले १६ रन बनाए ।
शीर्ष ४ ब्याटरले दोहोरो अंकको रन नै बनाउन नसकेको अवस्थामा पाँचौ नम्बरमा ब्याटिङमा आएका भीम सार्कीले नेपाली पारी सम्हाल्ने प्रयास गरेका थिए । तर सार्की ४४ रनमा एलबीडब्लू आउट भए ।
सार्की आउट हुनुअघि नै पाँचौ विकेटका लागि ४६ रनको साझेदारी गरेर कुशल मल्ल आउट भएका थिए । मल्लले १५ रन बनाए ।
बिहानी सत्रमा नेपाली ब्याटरले निकै संघर्ष गर्नु परेको थियो । ओपनर कुशल भुर्तेलल रोयल डक भएका थिए भने तेस्रो नम्बरका ब्याटर अनिल साह पनि ८ रनमा आउट भएका थिए ।
चौथो नम्बरमा ब्यटिङमा आएका कप्तान रोहितकुमार पौडेलले १० बलमा खाता खोलेका थिए । तर उनी अर्को रन थप्न नसकी १३ बलको सामना गरेर बोल्ड भए ।
ओपनर आसिफ शेख ४ रनमा आउट भए । सोमपाली कामीले २ रन बनाए ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend