Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई


    बिहिबार, चैत्र २ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै विश्वकप छनोटमा पुगेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट टिमलाई बधाई दिएका छन् ।

    ‘आईसीसी क्रिकेट विश्वकप लिग-२ मा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु । लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई !’ प्रधानमन्त्री दाहालले नेपाली क्रिकेट टिमलाई बधाई दिँदै भनेका छन् ।

    नेपाली क्रिकेट टिम यूएईलाई डीएल (डकवर्थ लेविस) नियमअनुसार ९ रनले पराजित गर्दै विश्वकप छनोटमा पुग्न सफल भएको हो । आजको जितसँगै नेपाल विश्वकप छनोट चरणमा प्रवेश गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार