काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले किसानले सरकार ढाल्ने क्षमता राख्ने भएकाले होसियार रहन चेतावनी दिएका छन्।
आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
लामिछानेले भने,’मेरो निर्वाचन क्षेत्र र देशैभरका दूध किसान र मह किसान मारमा परेका छन्। दूध पोखेर बसिरहेका छन् भने अर्कातिर पाउडर दूध र विदेशबाट आयातित नक्कली महले स्थान पाएका छन्। किसानहरूको आन्दोलनलाई नजरअन्दाज गरियो भने किसानहरूले सरकार ढाल्नेसम्मको क्षमता राख्छन्। होशियार रहनुहोला।’
साथै लामिछानेले भूमिहीन सुकुम्बासीहरूलाई चुनावी फन्डाका लागि भूमि दिइन्छ भनेर आश्वासन दिने गरिएको भन्दै त्यसलाई चुनावी फन्डा मात्रै नबनाउन आग्रह गरे।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend