Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • समाजवादी मोर्चाको संयोजकमा नेत्रविक्रम चन्द ‘विप्लव’ चुनिए


    आइतबार, फाल्गुन ६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । समाजवादी मोर्चाले मोर्चाको संयोजकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई चुनेको छन् ।

    नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा बसेको बैठकले आलोपालो नेतृत्वको प्रावधान अनुसार विप्लवलाई संयोजकमा चयन गरेको हो ।

    यसअघि मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधब कुमार नेपालले गरेका थिए । बैठकमा देशका प्रमुख सहरमा जनपरिचालनको कार्यक्रम आयोजना गर्ने पनि निर्णय गरेको छ ।

    यस्तै मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार