Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • नक्कली शैक्षिक प्रमाणपत्र आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर


    मंगलबार, फाल्गुन १ २०८०
    3.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीका एक शिक्षिकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

    कास्कीको पोखरा महानगरपालिका–८ को श्रीराम प्राथमिक विद्यालयको प्राथमिक तहको स्थायी शिक्षक विन्दु गौतम शर्माविरुद्ध आज मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।

    शिक्षक शर्माले भारतको उत्तर प्रदेशबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्रहरू पेस गरी शिक्षक पदमा नियुक्त भएको अख्तियारले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार