Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यागमन अधिकृतमाथि हातपातमा गर्ने तीन प्रहरीको काज सरुवा


    शुक्रबार, माघ २६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतमाथि हातपातमा गर्ने तीनजना प्रहरीको काज सरुवा गरिएको छ । उपत्यका प्रहरी कार्यालयले प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविजंग गुप्ता र अर्का एक जवानलाई काज सरुवा गरेको हो ।

    उनीहरूलाई काजमा रानीपोखरीस्थित उत्पयका प्रहरी कार्यालयमा सरुवा गरिएको स्रोतले बतायो । विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत शाखा अधिकृत छायालाल मोक्तानलाई माघ १२ गते सुरक्षा जाँच गर्ने क्रममा विवाद भएको थियो ।

    शुक्रबार ड्युटी सकेर निस्किने क्रममा प्रहरीले खानतलासी गर्न खोज्दा विवादित छविका छायालालले प्रहरी जवानलाई असहयोग गरी गाली गरेपछि विवाद भएको थियो ।

    त्यसपछि कुटाकुट भएको थियो । विवाद हुँदा उनले सुरुमा लात्तीले प्रहरीलाई हानेको सिसिटिभी फुटेजमा देखिएको छ । पछि सिसिक्यामेराको मोनिटर कक्षमा पनि कर्मचारी र प्रहरीबीच कुटाकुट भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार