Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज डलरको भाउ बढ्यो, युरो र पाउण्ड घट्यो


    मंगलबार, माघ २३ २०८०
    1K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

    जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । मंगलबार अमेरिकी डलरको बढेको छ भने युरोको भाउ घटेको छ ।

    सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ आज भने २२ पैसाले बढेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ६० पैसा र बिक्रीदर १३३ रूपैयाँ २० पैसामा कारोबार भएको छ । सोमबार यसको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसामा कारोबार भएको थियो ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार युरोपियन युरोको एकको खरिददर १४२ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४३ रूपैयाँ २७ पैसा तोकिएको छ। यो मूल्य सोमबारको तुलनामा ०७ पैसाले घटेको हो। यसअघि सोमबार युरोको खरिददर १४२ रूपैयाँ ७९ पैसा र बिक्रीदर १४३ रूपैयाँ ३४ पैसामा कारोबार भएको थियो ।

    त्यस्तै, सोमबार १ रुपैयाँ ६९ पैसाले घटेको बेलायती पाउण्ड सटर्लिङ आज पनि ३० पैसाले घटेको हो । मंगलबार बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १६७ रूपैयाँ ६८ पैसा कायम गरिएको छ । सोमबार यसको खरिददर १६७ रूपैयाँ २२ पैसा र बिक्रीदर १६७ रूपैयाँ ९८ पैसा तोकिएको थियो ।

    यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ २६ पैसा र बिक्रीदर ८६ रूपैयाँ ६५ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७८ पैसा कायम गरिएको छ ।

    उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९४ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९८ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५१ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९५ पैसा तथा बिक्री दर १० रुपैयाँ कायम गरेको जनाइएको छ ।

    यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३७ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५४ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३६ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५२ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १० पैसा र बिक्रीदर ३६ रूपैयाँ २७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २७ रूपैयाँ ९१ पैसा र बिक्रीदर २८ रूपैयाँ ०४ पैसा कायम गरेको छ ।

    साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ८० पैसा र बिक्रीदर ४३२ रूपैयाँ ७५ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ३२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार