काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनमा आज आइतबार सुनुवाइ हुँदैछ ।
अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाको तर्फबाट शुक्रबार सर्वोच्चमा दायर पूरक निवेदनमा आइतबार सुनुवाइ हुन लागेको हो ।
६५ वर्षभन्दा माथिको व्यक्तिलाई गभर्नर नियुक्त गर्न नमिल्ने भन्दै उनीहरूले यसअघि नै दायर गरेको रिट सर्वोच्चमा विचाराधीन छ । अल्पकालीन अन्तरिम आदेश जारी भएको रिटका सम्बन्धमा आइतबार दुवै पक्षलाई बोलाएर सुनुवाइ हुँदैछ ।
त्यसैक्रममा सुनुवाइ गर्ने गरी पूरक निवेदनको पनि पेसी तोकिएको हो । गभर्नर बन्नका लागि कार्यकारी निर्देशक भट्टको योग्यता नपुग्ने भएकाले नियुक्ति रोक्न निवेदनमा माग गरिएको छ ।
यसअघि सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले ६५ वर्षमाथिको व्यक्तिलाई गभर्नर नबनाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
गभर्नर नियुक्तिमा कांग्रेस–एमालेबीच भट्टको नाममा सहमति भएलगत्तै उनले राष्ट्रबैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर उनले दिएको राजीनामा निमित्त गभर्नर निलम ढुंगाना तिम्सिनाले स्वीकृत गरेकी छैनन् ।
गभर्नरको आकांक्षी डेपुटी गभर्नर ढुंगाना उनको राजीनामा स्वीकृत नगर्ने भन्दैआएकी छन् । एकातिर ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेको र अर्कोतिर उनका बिरुद्ध सर्वोच्चमा योग्यता नपुगेको रिट परेकाले गभर्नर नियुक्ति अन्योलमा परेको छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend