Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यू-१९ विश्वकपमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित


    बुधबार, माघ १७ २०८०
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकपको सुपर सिक्स खेलमा बंगलादेशसँग पराजित भएको छ । नेपाली टोली बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग पाँच विकेटले पराजित भएको हो ।

    नेपालले दिएको एक सय ७० रनको लक्ष्य बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेकाे हाे । बंगलादेशका अरिफुल इस्लामले अविजित ५९ रन बनाए । जिसन आलमले ५५ रन बनाए ।

    नेपालका सुबास भन्डारी एक्लैले ५ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रन जोडेको थियो । नेपालका विशाल विक्रम केसीले ४८ र कप्तान देव खनालले ३५ रन बनाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार