Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालले बंगलादेशलाई दियो १७० रनको मध्यम लक्ष्य


    बुधबार, माघ १७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा बंगलादेशलाई १७० रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भएको हाे ।

    नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए । केसीले एक सय बल खेल्दै ६ चौका प्रहार गरे । यस्तै कप्तान देव खनालले ३५, सुवाश भण्डारीले अविजित १८ तथा अर्जुन कुमालले १४ रन बनाए ।

    बलिङतर्फ बङ्गलादेशका लागि रोहानत दोउल्लाह बोर्सनले चार, शेख प्रवेज जिवनले तीन तथा इकबाल हुसेन इमोन, मरुफ मृधा र जिशान आलमले एक एक विकेट लिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार