Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यू-१९ विश्वकपमा नेपाल र अफगानिस्तानबिच आज प्रतिस्पर्धा


    शुक्रबार, माघ १२ २०८०
    990
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग खेल्दैछ । सो खेल दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुने भएको हो ।

    दुबै टिम प्रतियोगितामा जितबिहिन छन् । यो खेल जुन टिमले जित्छ उक्त टिम विश्वकपको सुपर सिक्सको यात्रा तय गर्नेछ । चार टोली रहेको समूहबाट शीर्ष तीन टोली दोस्रो चरणमा पुग्ने भएकाले नेपालको सम्भावना कायमै छ ।

    नेपाल नेटरनरेट आधारमा अफगानिस्तानभन्दा अगाडि रहँदै तेस्रोमा छ । नेपाललाई अफगानिस्तानसंगको खेल बराबरीले पनि पुग्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार