Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सहकारीबाट पैसा आफ्नो खातामा नआएको रविको दाबी


    सोमबार, माघ ८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ सहकारीबाट नआएको दाबी गरेका छन् । कान्तिपुर दैनिकले रविको नाममा ग्लोबल आइएमई बैंकको खातामा उक्त रकम आएको समाचार प्रकाशित गरेपछि आज उनले पत्रकार सम्मेलन आयोजना गर्दै सो दाबी गरेका हुन् ।

    उनले ग्लोबल आइएमई बैंकबाट आफ्नो खातामा पैसा सहकारीबाट नआएको विवरणसहितको पत्र समेत प्राप्त भएको बताए ।

    उनले भने, ‘सम्बन्धित सञ्चार माध्यमका साथीहरुलाई आजसम्म पर्खिदिनुस् भनेको थिएँ, पर्खिनु भएन । आज बैंकबाट मेरो खातामा समाचारमा दावी गरिएको एक करोड ८० लाख रुपैयाँ नआएको बैंकले विवरणसहितको पत्र आएको छ ।’

    आफूलाई लागेका आरोप प्रमाणित गर्न चुनौती दिँदै उनले दोषी भएमा कारबाही भोग्न तयार रहेको बताए । यस्तै पत्रकार सम्मेलनमा रविको पक्षबाट प्रष्टीकरण दिँदै बैंकर पूर्व अनिल केशरी शाहले समाचारमा गरिएको दाबी गलत भएको जिकिर गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार