काठमाडौँ। ग्यालेक्सी टेलिभिजन सञ्चालनका क्रममा भएको सहकारी ठगी काण्डमा बारम्बार आफ्नो नाम पनि जोडेर निरन्तर समाचार आउन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गाली गर्नेहरूलाई जवाफ दिन पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्।
‘ग्यालेक्सी छाड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा’ शीर्षकमा समाचार सार्वजनिक भएपछि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले पत्रकार सम्मेलन गरेर स्पष्टीकरण दिने तयारी गरेका हुन्।
उनले सकेसम्म आजै साँझ पत्रकार सम्मेलन गर्ने बताएका छन्।
‘गाली गर्न कोही छुट्नु भो कि? छुट्नु भएको भए गरिहालौँ है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु’, लामिछानेले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘मिडियामा निरन्तर आइरहेका ‘स्लिप’ मा कोही ‘स्लिप’ हुनै पर्दैन। बाँकी भ्याएसम्म आजै साँझ प्रेस मिटको तयारी गर्दै छु। सारा प्रश्नहरू एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु।’
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend