काठमाडौँ। परराष्ट्रमन्त्री एनपी साउद रूस जाने भएका छन्। रूसी सेनामा भर्ना भएका नेपालीहरूको अवस्थाबारे बुझ्न साउद रूस जाने भएका स्रोतले बतायो।
उनले आफ्नो भ्रमणबारे सबै तयारी पूरा गर्न रूसस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले जानकारी दियो।
‘कुन दिन जाने भन्ने ठ्याक्कै तय भएको छैन,’ स्रोतले भन्यो,‘केही दिनमै रूस जानेगरी मन्त्रीज्यूले तयारी गरिरहनुभएको छ।’
रूसी सेनामा भर्ना भएकामध्ये १० जनाको मृत्यु भइसकेको छ।
मंगलबार कञ्चनपुरमा कृष्णपुर नगरपालिकास्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उद्घाटन गर्दै परराष्ट्रमन्त्री साउदले रूसी सेनामा भर्ना भएका र उद्धार गरिदिनुपर्यो भनेर ११५ जनाको आवेदन आइसकेको जानकारी गराएका छन्।
उनले २ सयभन्दा धेरै नेपाली रूस गरेको हुन सक्ने अनुमान आफूहरूले गरेको पनि बताएका छन्। उनले जोखिमपूर्ण ठाउँमा नेपाली पठाउने नेपाल सरकारको नीति नभएको बताए।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend