Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुनै दललाई टीआरसीमा र कुनैलाई काण्डबाट बच्न एमालेको साथ चाहिएको छ: शेखर कोइराला


    बिहिबार, पुष १९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न राष्ट्रियसभामा विपक्षी दल नेकपा एमालेलाई पनि समेट्नुपर्ने प्रस्ताव गठबन्धनमा गरेपछि कांग्रेस नेता शेखर कोइराला आक्रोशित भएका छन् ।

    कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा गठबन्धन नै धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरू अहिले एमालेसँग मिल्न थालेको आरोप उनले लगाएका छन् ।

    सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् ।’

    गठबन्धनमा रहेका दलहरूलाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको आरोप लगाउँदै उनले एमालेलाई के चाहियो ? भनेर प्रश्न गरेका छन् ।

    उनी अगाडि लेख्छन्, ‘कारण स्पष्ट छ: सत्ता गठबन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले ?’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार