Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • प्रचण्ड नेतृत्वको सरकार रहेसम्‍म देशको समग्र अवस्था कमजोर हुन्छ : शेखर कोइराला


    बुधबार, असोज १७ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार रहिरहे सबै रुपमा राष्ट्र कमजोर हुने बताएका छन् । पार्टीभित्रको आन्तरिक विषयमा बोल्दै नेता कोइरालाले सभापति शेरबहादुर देउवाले विधि सम्मत पार्टी सञ्चालन नगर्दा कांग्रेस अप्ठ्यारोमा परेको बताएका हुन् ।

    नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको वर्तमान सरकार रहिरहे मुलुक थप बर्बादीतर्फ जाने उनले बताएका छन् । कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य रहेको बताए ।

    कोइरालाले भने, ‘अब अति भयो, जति दिन यो सरकार राख्यो त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र अवस्था कमजोर हुदै जान्छ ।’ वर्तमान सरकार तत्काल सच्चिनुपर्ने नत्र सत्ता छोड्न उनले चेतावनी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार