Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोइराला दाजुभाइ, एउटाले लेखकको बचाउ गर्ने, अर्काले राजीनामा माग्ने


    सोमबार, जेष्ठ १२ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भिजिट भिसा प्रकरणमा कर्मचारीलाई दोष थोपरेर गृहमन्त्री रमेश लेखक उम्किन नपाउने बताएका छन् ।

    शनिबार डा. कोइरालाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भाषण गरेका थिए । डा. शेखर निकट सांसद सुनिल शर्माले पनि लेखकको राजीनामा माग गरेका छन् ।

    डा. शेखरले गृहमन्त्रीको राजीनामा माग गरेको २ दिनपछि सोमबार डा. सशांक कोइरालाले भने लेखकको बचाउ गर्दै भाषण गरेका छन् । पूर्वमहाामन्त्री समेत रहेका डा. सशांकले कर्मचारीले गल्ती गर्दा गृहमन्त्रीले राजीनामा दिनु नपर्ने बताएका छन् ।

    त्यसो त कांग्रेसका अर्का नेता डा. कृष्णप्रसाद सिटौलाले पनि कर्मचारीले गरेको गल्तीमा गृहमन्त्रीले राजीनामा दिनु नपर्ने धारणा राखेका छन् । त्यसो त सोमबार बिहान बुढानीलकन्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले पनि गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार