Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश र स्थानीय तहलाई अधिकार नदिने भए संघीयता खारेज गरौं: शेखर कोइराला


    मंगलबार, पुष १० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संविधानमा उल्लेख भएअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार नदिने भए संघीयता नै खारेज गर्नुपर्ने बताएका छन् । आज मोरङको बुढीगंगा गाँउपालिका(२ स्थित लीलाभक्त राम आधारभूत विद्यालयको दुई कोठे भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले राजनैतिक दलका नेताहरूको अकर्मण्यताका कारण अहिले गणतन्त्र, संघियता र धर्म निरपेक्षताबारे जनताले आक्रोश व्यक्त गरिरहेको बताए । नेता कोइरालाले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको र सुशासन दिन नसकिएकोले जनतामा निराशा छाएको टिप्पणी गरे ।

    उद्योगहरू बन्द हुने अवस्थामा पुगिरहेको बेला विद्युतको बक्यौताका नाममा चलिरहेको उद्योग बन्द गराउने सरकारको नीति गलत भएकाले डेडिकेटेड र ट्रंक लाइन विवादबारे छिटो निर्क्यौलमा पुग्न आग्रह गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार