Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • राजनीतिक दलहरुका कारण गणतन्त्रमाथि प्रश्न उठ्‍यो : शेखर कोइराला


    शुक्रबार, मंसिर १ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दल र नेतृत्वका कारण गणतन्त्रमाथि प्रश्न उठेको बताएका छन् ।

    विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले राजनीतिक दलका कारण गणतन्त्रमाथि नै प्रश्न उठ्न थालेको बताएका हुन् ।

    ‘हामीले गणतन्त्रका लागि आन्दोलन गर्‍यौं, गणतन्त्र प्राप्त गर्‍यौं, के को लागि भन्ने कुरा बिर्सियौं जस्तो लाग्छ, भ्रष्टाचार गर्नलाई गणतन्त्र ल्याएको हो कि दण्डहीनतालाई बढाउन ल्याएको हो कि ?’ उनले भने, ‘यी कुराबाट जनता आजित भएका छन्, जनता निराश भएका छन्, गणतन्त्र आफैंमा खराब होइन, राम्रो व्यवस्था हो, तर हाम्रो कारणले, राजनीतिक दलहरुका कारणले गर्दा गणतन्त्रमा प्रश्नचिह्न लागेको मात्रै हो ।’

    अहिलेको व्यवस्था कसरी अघि बढ्छ भन्ने कुरा समयले देखाउने उनले बताए । उनले सरकारले आफूलाई सुधार गर्दै जानुपर्ने बताए । सरकार अराजक रुपमा प्रस्तुत भएका कारण मानिस निराश भएको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार