काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागमा कानुनतः उजुरी शाखाको ब्यवस्था छैन । कसैले विभागका कर्मचारीको कामकारबाहीका बारेमा महानिर्देशकसमक्ष गुनासो गर्ने ब्यवस्था भए पनि छुट्टै छैन । तर विभागका उपमहानिर्देशक सोमकान्त रिजाल र बरिष्ठ खाद्य अधिकृत भीम पुलामीले अघोषित रुपमा उजुरी शाखाले गर्ने जस्तै काम गरिरहेका छन् ।
बिभागभित्र आफूलाई मन नपर्ने कर्मचारीका बिरुद्ध कृषि तथा पशुपंछी मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायमा मौखिक तथा लिखित उजुरी दिने गरेको स्रोतले बताएको छ ।
कृषि मन्त्रालय स्रोतका अनुसार १२ बर्षदेखि विभाग परिसरमै बिताएका पुलामीकै उक्साहटमा उपमहानिर्देशक रिजाल पनि लागेका छन् । करिब २ बर्षअघि खुल्ला प्रतिस्पर्धाबाटै सहसचिवमा नाम निकालेका रिजालको पहिलो पदस्थापना नै उपमहानिर्देशकका रुपमा विभागमा भएको हो । कार्यालयमा काम गरेको अनुभव भए पनि रिजाल कम उमेरमै उपमहानिर्देशकको जिम्मेवारीमा पुगेका कारण कर्मचारीहरुबीच समन्वय गर्ने, विभागभित्रको कार्ययोजनालाई कार्यान्वयन गर्ने क्षमता भने अति कमजोर रहेको छ ।
हरेक इस्युमा पुलामीकै सल्लाहमा रिजाल चल्ने गरेको आरोप छ । पुलामीले विभागभित्रका बिरुद्ध उजुरी हाल्ने, माथिल्लो निकायमा अनावश्यक उजुरी गर्ने, आफूलाई खुसी नपार्ने उद्योगीहरुका गलत रिपोर्टिङ गर्ने गरेका छन् । पुलामीले आफ्नो कार्यकक्षमा नबसी अधिकांश समय रिजालकोमा बस्ने र बाँकी समय उजुरीबाजुरमै बिताउने गरेका छन् । हरेक बर्ष हुने सरुवामा पुलामीलाई काठमाडौं बाहिरका कार्यालयमा पठाउन खोजिए पनि उनी शक्तिकेन्द्रको आडमा टिकिरहेका छन् । अहिले उनी रिजाललाई महानिर्देशक बनाउन साम दाम दण्डभेद अंगिकार गरेर लागेका छन् । पुलामीकै उक्साहटमा बढुवा भएको २ बर्ष पनि नपुगेका रिजाल महानिर्देशक बन्न जुँगामा ताउ लाउन थालेका छन् ।
मन्त्रालयमा संजीवकुमार कर्ण महानिर्देशक खानकै लागि सचिव बढुवा हापेर बस्नुका साथै प्रदेश सचिव हुन समेत इन्कार गर्दैआएका छन् । अहिले रिजाल, कर्ण र पुलामीसमेतको दिनचर्या विभागको नेतृत्व र कर्मचारीबिरुद्ध मन्त्रीको सचिवालयदेखि सचिवसम्मलाई कुरा लाउने र उजुरबाजुरमा बित्ने गरेको छ । विभागका प्रयोगशाला प्रमुख रहेका सहसचिव शैलेशकुमार झा रिजाल र पुलामीहरुको उजुरीबाजुर, षडयन्त्र र अत्याचार झेल्न नसकेर कामै नभएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको परमाणविक पदार्थ ब्यवस्थापन महाशाखामा सरुवा मागेरै गएका छन् ।
विज्ञान प्रविधि मन्त्रालयको परमाणविक पदार्थ ब्यवस्थापन महाशाखा भन्दा विभागको प्रयोगशालाको सेवा आकर्षक मानिन्छ । झा आफ्नो बिषयमा क्षमता राख्ने कर्मचारीका रुपमा चिनिन्छन् । झा शिक्षा मन्त्रालयमा सरुवा भएको महिना बित्न लाग्दा पनि खाद्य प्रविधि विभागको बेबसाइटबाट उनको नाम उपमहानिर्देशकका रुपमा अझै पनि राखिएको छ । सरुवा भइसकेका कर्मचारीको नाम र फोटो समेत हटाउन नसकेको विभाग कति अस्तब्यस्त छ भन्ने प्रष्ट देखिन्छ ।
विश्वबाबु पुडासैनी सचिवमा बढुवा भएपछि परमाणविक पदार्थ ब्यवस्थापन महाशाखा रिक्त थियो । उक्त महाशाखामा कार्य गरेका पुडासैनी, रामआधार साह, राजेन्द्र खनाल सचिवमा बढुवा भइसकेका छन् । यीमध्ये खनालले अवकाश पाइसकेका छन् ।
विभागको नेतृत्वविरुद्ध लागेका संजीव कर्ण प्रयोगशाला भ्यान खरिदमा १२ करोड भ्रष्टाचारमा मुछिएका थिए । प्रयोगशाला भ्यान खरिदमा अनियमितता गरेका संजीवकुमार कर्णसहितका कर्मचारी र आपूर्तिकर्तालाई अख्तियारले २०७६ असार ५ गते विशेष अदालतमा दायर गरेको थियो । तर, विशेष अदालतका यसअघिका रजिष्टार अशोककुमार क्षेत्रीलाई प्रभावमा पारी उनले सफाइ पाएका थिए । कर्णले खरिद गरेका १२ करोडका ती प्रयोगशाला भ्यान अहिले पनि विभाग परिसरमा प्रयोगबिहीन अवस्थामा खिया लागिसकेका छन् । तर उनलाई भने बिशेष अदालतले सफाइ दिएको छ ।
नारायणप्रसाद शर्मा काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले ३४ वर्ष अघि अर्थात २०४९ साल चैत्र ८ गते कौडीको मोलमा विक्री गरेको भृकुटी कागज कारखाना बन्द हुनु...
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक हस्तक्षेपले सीमा नाघ्दै गएको छ । सर्वाधिक रक्तदान गर्ने प्रेमसागर कर्माचार्यलाई रेडक्रस सोसाइटीको केन्द्रीय कोषाध्यक्षबाट हटाइएको छ ।...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको महानिर्देशक परिवर्तन गरेको छ । मन्त्रालयले यसअघि २ पटक विभागको नेतृत्व सम्हालिसकेका...
काठमाडौं । आक्रामक व्यापार विस्तार गरेर अगाडि बढेको एनआइसी एशिया बैंक पछिल्ला दिनमा संकटतर्फ उन्मुख छ । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (मा...
काठमाडौं । नेपालको निजामती प्रशासनमा जब ऐन–नियम र कानुन परिवर्तनको समय आउँछ, एक समूहलाई ठूलो ठेक्का खुल्छ । बि.स. २०४९ मा नियमावली परिवर्तन गर्दा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend