Nepal Face
  • बुधबार, ७ असोज २०८३
  • भ्रष्टाचारमा मुद्दा खेपिरहेका कर्णलाई खाद्य प्रविधिको महानिर्देशकको जिम्मा


    बिहिबार, भाद्र २० २०८१
    3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । चार वटा प्रयोगशाला भ्यान खरिद प्रकरणमा मुछिएका संजीवकुमार कर्णलाई कृषि मन्त्री रामनाथ अधिकारीले पुनः खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकको जिम्मेवारी दिएका छन् ।

    २०७६ साउनमा विभागले खरिद गरेका ती भ्यान उपयोगबिहीन अवस्थामा खिया  लागेको अवस्थामा छन् । तर ती भ्यान खरिद गर्दा १२ करोड भन्दा बढी अनियमितता गर्ने कर्णलाई कृषि मन्त्री रामनाथ अधिकारीले फेरि सोही विभागको नेतृत्व सुम्पेका छन् ।

    विभाग परिसरमा खिया लागेका ती भ्यान कर्ण विभागको महानिर्देशक हुँदा खरिद गरिएका थिए । २४ करोड ८० लाख ९५ हजार रुपैयाँमा ५ वर्षअघि खरिद गरिएका चारवटा प्रयोगशाला भ्यान सञ्चालनमा नै आउन सकेनन् । ६ करोड २० लाख २३ हजार ७७९ रुपैयाँका दरले खरिद गरिएका ती भ्यान सञ्चालनमै नआउँदा राज्यको झन्डै २५ करोड रुपैयाँ खेर गएको छ ।

    संचालनमा आउनै नसक्ने गुणस्तरहीन भ्यान खरिद गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णसहितका खरिद प्रक्रियामा संलग्न वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायब सुब्बा गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाइ खुमलटारका उपसचिव(लेखा) गणेशप्रसाद चालिसे, लेखापाल बालाराम पोख्रेल, तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे, वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाई, परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल र वरिष्ठ अनुगमन मूल्यांकन अधिकृत इन्द्रहरि पौडेल विरुद्ध २०७६ असार ५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त सामान खरिदमा संलग्न हुने पदाधिकारीहरूले ‘भ्यान खरिद गरी कार्यालयमा दाखिला नभएको अवस्था हुँदाहुँदै नियम कानुनलाई आफू अनुकूल प्रयोग गरी कमिसन खाई भ्यान कार्यालयमा प्राप्त भएको भनी प्रगति देखाई रकम भुक्तानी गरेको’ ले आयोगले मुद्दा दायर गरेको थियो ।

    खरिद गरेको भनिएका प्रयोगशाला भ्यान कार्यालयमा दाखिला नगरी प्राप्त भएको विवरण तयार पारी १२ करोड ४० लाख ४७ हजार ५५८ रुपैयाँ भ्रष्टाचारको मुद्दा दायर गरिएकोमा तत्कालीन महानिर्देशक सञ्जीवकुमार कर्णले विशेष अदालतमा चलखेल गरी सफाइ पाएका थिए ।

    प्रयोग नै गर्न नमिल्ने भ्यान खरिद गरेको सप्रमाण मुद्दा दायर गरिए पनि विशेष अदालतले कर्णसहितलाई जिताएर अख्तियारलाई हराएको बिषयले न्यायालयप्रतिको आस्थामै आघात पुगेको छ । विशेषले कर्णसहितलाई सफाइ दिएपछि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । तर तिनै सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दा परेका कर्णलाई कृषि मन्त्री अधिकारीले पुनः महानिर्देशक बनाएर सुशासकै धज्जी उडाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार