काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि बैंकले १६ प्रतिशत वा सोभन्दा बढी ब्याज लिएको भए बैंक ‘स्टेटमेन्ट’ लिएर आउन आग्रह गरेका छन्।
गभर्नर अधिकारीले १६ प्रतिशतभन्दा बढी ब्याजदर हुँदै नभएको भन्दै अहिले बजारमा केही जमातले बैंकहरूले योभन्दा बढी ब्याज लिएको भनेर हावा फैलाइएको उल्लेख गरेका हुन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘ऋण तिर्ने योजना बनाउन नसकेको कारण कति व्यवसायीहरू समस्या परेका छन्,’ गभर्नरले भने, ‘यो समस्या राज्यले लिएको नीतिको कारण भएको होइन। व्यवसायीको योजना नहुनु पनि हो।’ ब्याजदर बढेको कारण व्यवसायमा कति समस्या परेको छ भन्ने कुराको विश्लेषण नभएको समेत उनले बताएका छन्।
व्यवसायको सम्पूर्ण लागतमा ब्याज लागत धेरै नहुने भए पनि सबैले यसैलाई मुद्दा बनाइरहेको समेत उनको भनाइ छ।
आफ्नो कार्यक्षेत्रभित्रको जुनसुकै सुधार गर्न राष्ट्र बैंक तयार रहेको र स्थिरताको विषयमा सम्झौता नगर्ने समेत उनले स्पष्ट पारेका छन्।
पछिल्लो समय मुलुकमा देखिएको आर्थिक शिथिलता र कसिलो प्रावधानको कारण बैंकहरूको खराब कर्जा बढेको भएपनि यो ठूलो समस्याको रुपमा नरहेको बताएका छन्।
राष्ट्र बैंकले जहिले पनि दीगो विकासमा ध्यान दिने गरेको र यही कारण मुलुकको विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च भएको उनले बताएका छन्।
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend