काठमाडौं । पुलदेखि विभिन्न ठेक्का लिएर समयमा काम नसक्ने र गुणस्तरहीन निर्माण गरेपछि कारबाहीमा परेको पप्पु कन्ष्ट्रक्सनका संचालक हरिनारायण रौनियार एमालेमा प्रवेश गर्ने भएका छन् । उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बीरगंजमा गएर अबिरजात्रा गरी पार्टीमा भित्र्याउन लागेका छन् ।
ठगीकण्डदेखि ठेक्कामा घोटाला गर्ने पूर्वसांसद रौनियारलाई एमालेले रातो कार्पेट बिछ्याएर स्वागत गर्ने भएको छ । विगतमा दुर्गा प्रसाईलाई पार्टीमा भित्र्याएर केन्द्रीय सदस्य बनाएर पुल्पुल्याएको परिणाम भोगिरहेका एमाले अध्यक्ष ओलीले अर्का त्यस्तै विवादित रौनियारलाई पार्टीमा ल्याउन लागेका छन् ।
डा. भीमबहादुर रावल, नरेश खरेल, घनश्याम भूसालहरुलाई लखेटेर एमालेले एकनाथ ढकाल, हरिनारायण रौनियार, कोमल ओली, मोति दुगड, दुर्गा प्रसाईलाई पार्टीको नेतृत्वमा बिराजमान गराएकोमा पार्टीभित्रै पनि असन्तुष्टि ब्याप्त छ । तर खुलेर ओलीको बिरुद्ध बोल्ने हिम्मत भने कसैले गर्न सकेका छैनन् ।
रौनियारलाई प्रवेश गराउन पर्साको पोखरीयामा बुधबार एमालेले बृहत् कार्यक्रम गर्ने भएको छ ।
केही दिनअगाडि रौनियार काठमाडौं पुगेर अध्यक्ष ओलीलाई भेटेर फर्किएका थिए । उक्त भेटमा रौनियारले पर्सामै कार्यक्रम गरेर पार्टी प्रवेश गर्ने कुरा राखेपछि ओली नै जान लागेका हुन् । रौनियार ०७४ मा रौनियार पर्सा क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सदस्यमा निर्वाचित भएका थिए ।
उपेन्द्र यादवको तत्कालीन संघीय समाजवादी पार्टीबाट पूर्व सांसदसमेत रहेका रौनियारको पप्पु कन्स्ट्रक्सन २०८० साउनमा कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्ष्ट्रक्सन सहित २४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको थियो ।
६ बर्षअघि पप्पु कन्ष्ट्रक्सनले ठेक्का लिएको बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया जोड्ने जब्दी पुल निर्माण नसकिंदै भासिएको थियो । गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएका कारण जब्दी पुल निर्माण पूरा नहुँदै भासिएको थियो । जुन पुल अहिलेसम्म पनि पुननिर्माण हुन सकेको छैन ।
२०७४ साउन २८ गते बबई नदीमा आएको बाढीका कारण १६ करोड ६८ लाख रुपियाँ लगानीमा बनेको ४२५ मिटर लम्बाईको उक्त पुलका तीनवटा स्पान भासिएका थिए ।
पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियारलाई बाँकेमा दर्ता भएको ठगीसम्बन्धी उजुरीमा २०८० असार १५ गते प्रहरी बृत्त बानेश्वरले पक्राउ गरेको थिया ।
बाँके प्रहरीले रौनियारलाई पक्राउ गरिदिन पत्राचार गरेपछि बानेश्वर वृत्तको टोलीले पक्राउ गरेको थियो ।
ठेक्का लिने तर समयमा काम सम्पन्न नगर्ने पप्पु कन्ष्ट्रक्सनको नाम अग्रपंक्तिमा छ ।
पप्पुले ठेक्का लिएका मध्यपहाडी लोकमार्ग अन्तर्गतका २ पुल, मदन भण्डारी राजमार्गको कमला पुल, हुलाकी राजमार्ग अन्तर्गतका निर्माणको क्रममा रहेको ६ वटा पुलमध्ये पप्पु कन्ष्ट्रक्सनले जिम्मा लिएका ३ वटा पुल ८ वर्ष बित्दासमेत निर्माण पुरा हुन सकेको छैन ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend