Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीका अध्यक्ष नेपाल चीन प्रस्थान


    मंगलबार, कार्तिक २१ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीन प्रस्थान गरेका छन् ।

    चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनाबाट प्राप्त उपलब्धि साझेदारीसम्बन्धी कार्यक्रममा सहभागिता जनाउने छ ।

    भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग नेपाल र चीन तथा दुई पार्टीबीचको सम्बन्धका बारेमा छलफल हुने अध्यक्ष नेपालले जानकारी दिए । नेपाली प्रतिनिधिमण्डल यही कात्तिक २८ गते स्वदेश फर्कने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार