Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • यो सातामा ११ सयले घट्यो सुनको मूल्य


    शनिबार, कार्तिक १८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा ११ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा १ लाख १५ हजार ९०० रुपैयाँ कायम भएको छ । यस्तै, गत शुक्रबार तोलामा १ लाख १६ हजार ४५० रहेको तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ३५० रुपैयाँ कायम छ ।

    यो साता चाँदीको मूल्यमा समेत २५ रुपैयाँले गिरावट आएको छ । गत साताको शुक्रबार तोलामा १४ सय १५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबार १३ सय ९० रुपैयाँ कायम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार