Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


    शनिबार, कार्तिक ११ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । आज शनिबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शनिबार सुनको मूल्य तोलामा १ हजार र चाँदीको १५ रुपैयाँले बढेको हो ।

    तोलामा १ हजार रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ कायम छ ।

    यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ४५० रुपैयाँ कायम छ । हिजो शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ४५० रुपैयाँ कायम थियो ।

    दसैँ बिदायता पहिलोपटक खुलेको सुनचाँदीको बजारमा हिजो ५०० रुपैयाँले बढेको थियो । अन्तिम पटक नेपाली बजारमा कात्तिक ३ गते सुनचाँदीको कारोबार भएको थियो । त्यसयता हिजो कात्तिक १० गते बजार खुलेको हो ।

    यस्तै, आज चाँदीको मूल्यमा प्रतितोला १५ रुपैयाँले वृद्धि आएको छ । महासङ्घका अनुसार हिजो चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार