Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्र बैंकले ६ वाणिज्य बैंकमाथि कारबाही गर्यो


    शुक्रबार, कार्तिक ३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल राष्ट्र बैंकले ६ वटा वाणिज्य बैंकमाथि कारबाही गरेको छ।

    राष्ट्र बैंकले विभिन्न नियम मिचेको भन्दै लक्ष्मी सनराइज, हिमालयन, एनएमबि, एनआईसी एसिया, नबिल र सिटिजन्स बैंकमाथि कारबाही गरेको हो। यी सबै बैंकलाई चालु आर्थिक वर्षमा प्रथमपटक कारबाही गरिएको केन्द्रीय बैंकले जनाएको छ।

    राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेकोमा लक्ष्मी सनराइज बैंकलाई ७० लाख रुपैयाँ जरिवाना गरेको छ।

    त्यस्तै हिमालयन बैंकलाई कर्जा/स्रोत परिचालन अनुपात कायम नगरेकोमा १ करोड ६७ लाख ७१ हजार ४३४.०९ रुपैयाँ जरिवाना गरेको छ।

    एनएमबि, एनआईसी एसिया, नबिल र सिटिजन्स बैंकलाई भने अन्य शीर्षकमा कारबाही गरेको छ।

    यी बैंकहरुलाई विभिन्न नियम मिचेकोमा राष्ट्र बैंकले सचेत गराएको छ।

    Enforcement-Action-FY-208081-first-quarter

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार