Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य घट्यो, प्रतितोला कति ?


    सोमबार, असोज २९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। चाडपर्व नजिकिएसँगै नेपाली बजारमा सुनको भाउ घटेको छ। आज साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ ।

    महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शनिबार एकैचोटी २९ सयले बढेको सुनको भाउ आइतबार भने स्थिर थियो ।

    यसैगरी आज चाँदी प्रति तोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमै कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार