Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन-चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


    आइतबार, असोज २८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघले आजको बजार भाउ तोक्दै सुन र चाँदीकै मूल्य स्थिर रहेको जनाएको हो ।

    महासंघले शनिबार एकै दिन २ हजार ९०० रुपैयाँ बढाएको थियो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ कायम रहेको जनाएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ कायम छ । हिजो शनिबार पनि यही मूल्य कायम थियो ।
    यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम छ । हिजो शनिबार पनि यही मूल्यमा कारोबार भएको थियो । शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार