काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन् । पार्टीद्वारा आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले संघीयता अन्तरगत प्रदेश संरचना मुलुकका लागि घाँडो भएकाे बताए । अध्यक्ष थापाले वैदेशिक ऋणको भरमा कहिलेसम्म प्रदेश संरचनालाई कायम राख्ने ? भनी प्रश्न समेत गरे ।
उनले भने, ‘यो बिचको प्रदेश संरचना आवश्यक छैन । यसलाई खारेज गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यो प्रदेश संरचना अहिले नेपाललाई घाँडो भएको छ । नेपाली अर्थतन्त्रले धान्न नसक्ने अवस्था छ । कहिलेसम्म विदेशीका ऋण ल्याएर यो प्रदेशको संरचनालाई कायम गर्ने ? नेपाल जस्तो सानो देशमा किन सयभन्दा बढी मन्त्रीहरू चाहिन्छ भन्नु त ? अहिले हरेक प्रदेशमा १०/१२ जना मन्त्रीहरू छन् । किन झन्डै सय जना मन्त्रीहरू चाहियो ? हाम्रो जस्तो सानो देशमा ५/७ सयको सङ्ख्यामा किन सांसदहरू चाहियो भन्नुस् ? चाहिँदैन । त्यसकारण अर्बौँ रुपैयाँ खर्च गरेर ती सांसद र मन्त्रीहरूलाई पालेर राख्नुपर्ने जरुरी छैन । त्यसर्थ, दुई तहको सरकार बनाऔँ भन्ने हाम्रो धारणा हो ।’
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend